Suvadin, Home

अशाेक रार्इलार्इ जिताउन अपिल
वाम गठबन्धन पूरा गर्न विप्लप, सीपी मैलानी समेट्न विश्वप्रकाशकाे सुझाव

कांग्रेस केन्द्रीय सदस्य शर्माले वाम गठबन्धन पूरा गर्ने हो भने विप्लप, सीपी मैलानीलाई समेत समेटेर जनता समक्ष मत माग्न आउन आग्रह गरे। नेता शर्माले धरानको भानुचोकमा आयोजित सभालाई समेत सम्बोधन गरेका थिए।

देबु बानियाँ, धरान, मंसिर १६ – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभातर्फका उम्मेदवार विश्वप्रकाश शर्माले आफ्नो चुनावी सभालाई छोट्याएर सुनसरी क्षेत्र नम्बर–१ मा संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईलाई मत माग्नपुगे।

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका राईलाई सघाउनका झापा क्षेत्र नम्बर–१ का चुनावीसभालाई छोट्याएर शर्मा सुनसरीस्थित बराह नगरपालिकाको आमसभालाई सम्बोधन गर्न पुगको थिए।

उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालका तर्फबाट वरिष्ठ नेता अशोक राईलाई प्रतिनिधि सभातर्फका उम्मेदवारका रुपमा अघि सारेको छ। शर्मालाई देशका विभिन्न जिल्लाबाट सभामा सम्बोधन गर्न बोलाइएको भएपनि उनले समय दिन सकिरहेका थिएनन्।

शर्माले पहिचानको मुद्दा बोकेर हिँडेको एउटा कुशल नेतालाई लोकतान्त्रिक गठबन्धनको उम्मेदवारीका रुपमा अघि सार्दै गर्दा आफूलाई समेत गर्वको अनुभूति हुने बताएका छन्।

तर, उनी धरान पुगर सभालाई सम्बोधन गरे। सम्बोधनको सुरुवातमै उनले धरान आउनुको कारण बताएका थिए। शर्माले पहिचानको मुद्दा बोकेर हिँडेको एउटा कुशल नेतालाई लोकतान्त्रिक गठबन्धनको उम्मेदवारीका रुपमा अघि सार्दै गर्दा आफूलाई समेत गर्वको अनुभूति हुने बताएका छन्।

नेता शर्माले विपक्षी दलका नेताहरु मध्ये १० जना नेताको नाम लिँदा अशोक राई अग्रपङ्तिमा रहने बताए। शर्माले देशले सुनसरी क्षेत्र नम्बर–१ मा रहेका सम्पूर्ण काङ्ग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुलाई लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन आग्रह गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्य शर्माले वाम गठबन्धन पूरा गर्ने हो भने विप्लप, सीपी मैलानीलाई समेत समेटेर जनता समक्ष मत माग्न आउन आग्रह गरे। नेता शर्माले धरानको भानुचोकमा आयोजित सभालाई समेत सम्बोधन गरेका थिए।

कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार अशोक राईले पनि शर्माको खुलेर प्रशंसा गरे। उनले देशको भविश्य बोकेका विश्वप्रकाशजस्ता नेता यो देशका लागि खाँचो भएको बताए।

देशव्यापी रुपमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेस गठबन्धन भएर चुनावी मैदानमा उत्रिएकाले सबै क्षेत्रका मतदाताहरुलाई एक भएर चुनावमा जुट्न आग्रह गरे। उनले झापा १ का मतदातालाई मत दिएर विजय गराउनका लागि सुनसरीबाटै अग्रह गरेका छन्।

यस क्षेत्रमा प्रतिनिधि सभातर्फ संघीयका अशोक राई तथा प्रदेश सभातर्फ नेपाली कांग्रेसका किशोर राई र बुद्धिबहादुर कटुवालले उम्मेदवारी दिएका छन्।


 

More form the Internet

loading...