Suvadin, Home

विराटनगर पुगेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाे यस्ताे उद्घाेष

पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँगाउँसम्म पार्टीलाई सांगठनिकरुपमा मजबुत बनाउनुपर्ने आवश्यकतालाई प्रवक्ता शर्माले औँल्याएका छन्। शर्माले नयाँ सरकार गठनलगत्तै पार्टी केन्द्रीय समितिको बैठक बस्ने र पार्टीको विधान संशोधनलगायतका विषयमा आवश्यक निर्णय लिन महासमितिको बैठक डाकिने जनाएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा।

विराटनगर, माघ  २४ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलार्इ रुपान्तरण गरेर सांगठनिक रुपमा मजबुत बनाउने उद्घाेष गरेका छन्।

नेपाल प्रेस युनियन मोरङद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा शर्माले कांग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नपरेको उल्लेख गरेका छन्।

पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँगाउँसम्म पार्टीलाई सांगठनिकरुपमा मजबुत बनाउनुपर्ने आवश्यकतालाई प्रवक्ता शर्माले औँल्याएका छन्। 

शर्माले नयाँ सरकार गठनलगत्तै पार्टी केन्द्रीय समितिको बैठक बस्ने र पार्टीको विधान संशोधनलगायतका विषयमा आवश्यक निर्णय लिन महासमितिको बैठक डाकिने जनाएका छन्। 

वर्तमान सरकारले स्थानीय तहका साथै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै शर्माले पछिल्लो समयमा वृद्धभत्ताका लागि उमेर घटाउन जस्ता निर्णय जनहितमा रहेको दावी गरेका छन्।


 

More form the Internet

loading...