Suvadin, Home

केपी ओलीलाई विश्वप्रकाश र गगन थापाको प्रश्न, ‘विनम्र विमति नसहने, कस्तो सरकार? कस्तो संस्कार’

नेपाली कांग्रेसका प्रभावशाली नेताद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विवेकशील साझा पार्टीको ललितपुरस्थित केन्द्रीय कार्यालयमा राखिएको पोस्टर हटाएको विषयमा कडा अापत्ति जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको सांकेतिक विरोध स्वरूप राखिएको पोस्टर प्रहरीले बलपूर्वक हटाएलगतै कांग्रेस केन्द्रीय प्रवक्ता शर्मा र केन्द्रीय सदस्य थापाले ट्वीट गरी निन्दा गरेका हुन्। 
विश्वप्रकाश शर्मा, गगन थापा तथा विवेकशील साझाको कार्यालयबाट व्यानर हटाउँदै प्रहरी।

काठमाडाैं, २९ वैशाख – नेपाली कांग्रेसका प्रभावशाली नेताद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विवेकशील साझा पार्टीको ललितपुरस्थित केन्द्रीय कार्यालयमा राखिएको पोस्टर हटाएको विषयमा कडा अापत्ति जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको सांकेतिक विरोध स्वरूप राखिएको पोस्टर प्रहरीले बलपूर्वक हटाएलगतै कांग्रेस केन्द्रीय प्रवक्ता शर्मा र केन्द्रीय सदस्य थापाले ट्वीट गरी निन्दा गरेका हुन्। 

प्रवक्ता शर्माले अाफ्नो ट्वीटमा लेखेका छन्, 'टायरको धुवाँ, जलेका मोटर अनि ध्वस्त रेलिङ, कम्युनिष्ट विपक्षको विरोध शैली एकताका यस्तो हुन्थ्यो। तर 'नाकाबन्दी बिर्सेका छैनौं' भनेर विनम्र विमतिको ब्यानर नसहने, कस्तो सरकार? कस्तो संस्कार?'

शर्माले प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ यो उत्तर कोरिया नभर्इ नेपाल भएको स्मरण गराउँदै विरोध सहन नसक्ने लोकतन्त्र अाफूहरूले नल्याएको प्रष्ट पारेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण अोली सरकारलार्इ गराएका छन्।

थापाले ट्वीट गरेका छन्, 'त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सृजनात्मक विरोध पनि सहन नसक्ने? विवेकशील साझाको व्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो।'

अाफ्नो स्वीकृतिबिना संविधान जारी भएपछि भारतले २०७२ साल असोज ६ गतेदेखि माघ २३ गतेसम्म नेपालमाथि नाकाबन्दी लगाएको थियो।


 

More form the Internet

loading...