Suvadin, Home

निर्वाचनः झापामा शान्तिपूर्ण तथा उत्साहजनक
प्रभावशाली नेता विश्वप्रकाश शर्माद्वारा मतदान

झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माले मतदान गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य शर्माले कविशिरोमणि मावि मतदान केन्द्रबाट बिहान साढे ८ बजे मतदान गरेका हुन्।
विश्वप्रकाश शर्मा।

खगेन्द्र घिमिरे, झापा, मंसिर २१ – झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माले मतदान गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य शर्माले कविशिरोमणि मावि मतदान केन्द्रबाट बिहान साढे ८ बजे मतदान गरेका हुन्। 

कुल ५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेका झापाका ५ वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

मतदान गरेपछि प्रभावशाली नेता शर्माले जनमत सकारात्मकता र परिवर्तनका पक्षमा आउने आशा व्यक्त गरेका छन्।

‘यो निर्वाचनले विकास र समृद्धिको पक्षमा उभिने उम्मेदवारलाई नै विजयी गराउने मेरो विश्वास छ,’ शर्माले शुभदिनसँग भने, ‘लोकतन्त्रको भविश्यका लागि मतदानले योग्य उम्मेदवार छान्नु हुनेछ।’


 

More form the Internet

loading...