Suvadin, Home

कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त

नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नेता शर्मालाई प्रवक्तामा नियुक्त गरेका हुन्। प्रदेश सभा र प्रतिनिधि सभाकाे निर्वाचनमा कांग्रेसको पराजयपछि दाेश्राे पुस्ताका नेताहरुले हारकाे समीक्षा र पार्टीलार्इ अाधुनिक बनाउन माग गरिरहेका बेला सभापति देउवाले पार्टी बदल्ने अभियान शुरू गरेका हुन्।
नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्मा।

काठमाडौं, २५ पुस – नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नेता शर्मालाई प्रवक्तामा नियुक्त गरेका हुन्।

प्रदेश सभा र प्रतिनिधि सभाकाे निर्वाचनमा कांग्रेसको पराजयपछि दाेश्राे पुस्ताका नेताहरुले हारकाे समीक्षा र पार्टीलार्इ अाधुनिक बनाउन माग गरिरहेका बेला सभापति देउवाले पार्टी बदल्ने अभियान शुरू गरेका हुन्।

कांग्रेसकाे अान्तरिक संगठन सुधारका लागि याे पहिलाे पाइला हुने अपेक्षा पार्टीका नवनियुक्त प्रवक्ता शर्माले गरेका छन्।

'मेरा व्यक्तिगत जीवनमा पनि याे जिम्मेवारी महत्वपूर्ण छ, र पार्टीका लागि पनि महत्वपूर्ण छ', प्रवक्ता शर्माले शुभदिनसँग भने – 'मैले सतर्कतापूर्वक र जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ भन्ने साेचेकाे छु।'

शर्माले पार्टीलाई बदल्ने आफूले हरेक कोणबाट प्रयास गर्ने जनाएका छन्। केन्द्रीय सदस्य शर्माले नेपाली कांग्रेस पार्टीलार्इ अाधुनिक बनाउनका लागि अझै उत्साहका साथ लाग्ने दृढता व्यक्त गरेका छन्।

याे पनि पढ्नुहाेस्ः

राजनीतिज्ञ मात्रै होइनन् विश्वप्रकाश शर्मा


 

More form the Internet

loading...