Suvadin, Home

विश्वप्रकाश शर्माकाे उद्घाेष
'कांग्रेस जित्दै गर्दा खुशी रहन्छ, हार्दै गर्दा पनि झनै उत्साह र जाँगरका साथ अगाडि बढ्छ’

विपी काेइरालाले छाेडेर जाने संस्कार र विचार नै यही रहेकाे उल्लेख गर्दै नेता शर्माले भने, 'कांग्रेस उकालोमा पनि मुस्कुराउँछ, ओरालोमा पनि मुस्कुराउँछ, कांग्रेस जित्दै गर्दा खुशी रहन्छ, हार्दै गर्दा पनि झनै उत्साह र जाँगरका साथ अगाडि बढ्छ।’
नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा। तस्वीरः देबु बानियाँ/शुभदिन

विमर्श उप्रेती, झापा, मंसिर २६ – नेपाली कांग्रेस प्रभावशाली नेता विश्वप्रकाश शर्माले कांग्रेस कार्यकर्तालाई विपी काेइरालाले छोडेर गएको छाप र संकारको पालना गर्दै अघि बढ्न अाह्वान गरेका छन्। नेता शर्माले जोस र जाँगरका साथ अगाडि बढ्न नेपाली कांग्रेसका नेता–कार्यकर्तालार्इ हौसला प्रदान गरेका छन्। 

विपी काेइरालाले छाेडेर जाने संस्कार र विचार नै यही रहेकाे उल्लेख गर्दै नेता शर्माले भने, 'कांग्रेस उकालोमा पनि मुस्कुराउँछ, ओरालोमा पनि मुस्कुराउँछ, कांग्रेस जित्दै गर्दा खुसी रहन्छ, हार्दै गर्दा पनि झनै उत्साह र जाँगरका साथ अगाडि बढ्छ।’

नेपाली कांग्रेस झापा नम्बर–१ काे चुनाव प्रचार प्रसार समितिले धुलाबारीमा आयोजना गरेकाे ‘शुभारम्भ आभार अभियानको’ कार्यक्रममा उनले तत्कालिन राजा ज्ञानेन्द्र शाह र तत्कालिन विद्रोही माओवादीले कांग्रेसजनलाई छानी–छानी घाँटी रेट्दा र कञ्चटमा गोली ठोक्दा पनि कांग्रेस विचलित नभएको स्मरण गराउँदै शर्माले एउटा चुनावमा पराजय भोग्दैमा पार्टीको अस्तित्व समाप्त नहुने प्रष्ट पारेका छन्।

प्रभावशाली नेता शर्माले विपी काेइरालाले निर्वाचनकाे विधिबाट नेतृत्वमा पुग्ने पद्धतिकाे विकास गरेकाे स्मरण गर्दै नेपाल अहिले पनि नेपाली कांग्रेसकाे एजेण्डा र अगुवार्इमा हिँडिरहेकाे प्रष्ट पारे। ‘पार्टीको आन्तरिक जीवनमा हाम्रा पनि केही प्राविधिक त्रुटी थिए, त्यो हामीले स्वीकार गरिसक्यौं', कांग्रेस केन्द्रीय सदस्य शर्माले भने।

शर्माले जनताबाट प्राप्त जनादेश अनुरुप सक्रिय राजनीतिमा लाग्न थप उर्जा मिलेको प्रष्ट पारेका छन्।

शर्माले आफ्नो पार्टी घाटमा नभई अस्पतालमा पुगेको र आवश्यक परे जटिल शल्यक्रिया गरेर पनि पार्टीलाई नयाँ जीवन दिने उद्घोष गरेका छन्।

झापाकै अन्य क्षेत्रमा कांग्रेसले २८ हजारसम्मको मतान्तरले पराजय व्यहोरेको उल्लेख गर्दै शर्माले भने – ‘दोस्रो संविधान सभा निर्वाचनमा मैले जनताको मन जित्न सकिँन, त्यसैले मत जित्न सकिँन, तर यो निर्वाचनमा मन त जितेँ, मत चाहिँ जित्न सकिँन।’

दुर्इ हजार ८ सयको मतान्तरले आफू उपविजेता भएकाे टिप्प्णी गर्दै शर्माले जनताबाट प्राप्त जनादेश अनुरुप सक्रिय राजनीतिमा लाग्न थप उर्जा मिलेको प्रष्ट पारेका छन्।

मेचीनगर–१० स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानकाे सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कांग्रेसलाई हारेको फुटबल टिम जस्तो बनाउन नहुने धारणा राखेका छन्।

पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकले खचाखच भरिएकाे सभामा नेता शर्माले ६५ वर्षे गर्विलो इतिहास बोकेको कांग्रेसलाई तरुण कांग्रेस बनाउन क्षेत्रबासी जनताले आफूलाई अभिभारा सुम्पिएको शर्माकाे धारणा छ।

कार्यक्रममा प्रदेश सभा ‘क’का उम्मेदवार केशवराज पाण्डे, ‘ख’ का उम्मेदवार अशोक पोखरेल, प्रतिनिधि सभाको समानुपातिकतर्फका उम्मेदवार तमर राई, गोपाल तामाङ, कांग्रेस झापा उपसभापति राम कट्टेल, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, नेपाल महिला संघ क्षेत्रीय सभापति रचना घिमिरेलगायतले आ–आफ्ना विचार राखेका थिए।

पार्टीका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत भाषण क्षेत्रीय उपसभापति हर्क फ्याक र सञ्चालन क्षेत्रीय सचिव हरि बुढाथोकीले गरेका थिए।


 

More form the Internet

loading...