Suvadin, Home

कार-बस चढेर अमेरिका-बेलायत पुगिँदैन : बाबुराम भट्टरार्इ

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानैपर्ने बताएका छन्। नयाँ शक्ति पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानले शनिबार उदयपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धि र स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन हुनैपर्ने बताएका हुन्।
बाबुराम भट्टरार्इ।

उदयपुर, पुस २३


नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानैपर्ने बताएका छन्। नयाँ शक्ति पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानले शनिबार उदयपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उले मुलुकको समृद्धि र स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन हुनैपर्ने बताएका हुन्।

‘विकासका लागि स्थिरता र स्थिरताका लागि प्रत्यक्ष निर्वाचत राष्ट्रपति कार्यकारी हुने शासन प्रणाली हाम्रो आवश्यकता हो,उनले भने, ‘सबैलाई राज्यसत्तामा सहभागी बनाउनराष्ट्रिय एकता कायम राख्न सक्ने स्थिर शासन प्रणाली चाहिएको छ । त्यसैले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली चाहिन्छ

ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश हुन्छ कि भनेर शंका गर्नुपर्ने आवश्यकता नरहेको बताए। ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले आफ्नो सरकारसक्षम, विज्ञ, समावेशी मन्त्रीहरू राख्न सक्छ, जुन स्वतन्त्रता संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई हुँदैन, सत्ता गठबन्धनको ख्याल गर्नुपर्ने बाध्यता हुन्छ, उनले भने।

ले अहिलेको मुख्य आवश्यकता राज्यको पुनःसंरचना भएको बताउँदै त्यसका लागि संघीयता र शासकीय स्वरुप निकै महत्वपूर्ण विषयहरू  भएकोले यी दुई विषयमा नै दलहरूले आवश्यकता भन्दा भिन्न ढंगले प्रस्तुत गरिरहेको बताए। भट्टरार्इले प्रत्यक्ष निर्वाचित कार्यकारीबाट नै राष्ट्रियता, राष्ट्रिय एकतालाई पनि बलियो बन्ने बताउँदै यसले लोकतन्त्रलाई पनि सहभागितामूलक बनाउने बताए।

‘प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा भोट मागेर चुनाव जितेको एमाले र प्रचण्डजीले खुट्टा छोडिदिएपछि संविधानमा यो विषय छुट्न गयो, हामी टुलुटुलु हेर्न बाध्य भयौं,उनले भने, ‘एमाले र प्रचण्डले नछोडेको भए काग्रेस समेत दबाबमा पर्थ्यो र यो मुद्दा संविधानमा समावेश हुन्थ्यो।

ले नयाँशक्ति पार्टीले माक्र्सवादको गुदी कुरालाई पक्रिने बताउँदै माक्र्सवादको गुदीलाई पक्रेर नयाँ ढंगले परिभाषित गरेर नयाँ दर्शन र विचारको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए।

अहिले बदलिएको परिवेशसँगै लक्ष्य पनि फेरिने भएको हुनाले फेरिएको लक्ष्य प्राप्तिको लागि नयाँ साधन अवलम्बन गर्नुपर्ने उनले बताए। ‘काठमाडौं कारमा, बसमा जान सकिन्छ तर अमेरिका, बेलायत जान हवाइजहाजमा जानुपर्छ,’ उनले प्रश्न गरे, ‘म त कारमा काठमाडौं आएको कारमा नै अमेरिका जान्छु भनेर ढिपी गर्नुभयो भने तपाईं कसरी अमेरिका पुग्नुहुन्छ?’


 

More form the Internet

loading...