Suvadin, Home

जनताप्रति उत्तरदायी विवेकशील साझाका नेताकाे जीवनगाथा
डाक्टर बन्ने सपना त्यागेर समाज बदल्न राजनीतिमा लागेका पुकार बम

तर, एक दशकअघि छोरालाई डाक्टर बनाउने सपना बोकेका तारासिंहको मन अहिले फेरिएको छ। छोराले राजनीतिप्रति रुची देखाउँदा हप्काउनपछि नपर्ने पुकारका बुवा अचेल राम्रो नेता बन्नु भनेर आर्शिवाद दिन थालेका छन्।
विवकेशील साझा पार्टीका केन्द्रीय सदस्य पुकार बम।

काठमाडौं, भदौ १४ – विश्व राजनीतिमा अहिले वैकल्पिक धारकाे विकास भइरहेकाे छ। पछिल्लाे पाँच वर्षमा वैकल्पिक शक्तिहरू राज्यसञ्चालनकाे मूल प्रवाहमा पुगिरहेका छन्।

भारतकाे राजधानी नयाँ दिल्लीमा अाम अादमी पार्टीका नेता अरविन्द केजरिवालकाे उदयदेखि फ्रान्सेली राष्ट्रपतिमा इम्यानुअल म्याक्राेनकाे विजयीसम्मलार्इ वैकल्पिक शक्तिप्रति जनताकाे अाकर्षणका रुपमा लिइएकाे छ।

याे लहर पछिल्लो समय नेपाली राजनीतिमा पनि अाइपुगेकाे छ। नेपालमा वैकल्पिक शक्ति निर्माणमा विभिन्न समूह जुटिरहेका छन्। वि.सं. २०६२/०६३ सालको जनआन्दोलनपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयाे।

जनचेतनामा पनि बृद्धि भयाे। जसका कारण पूराना राजनीतिक शक्तिलार्इ दबाब दिनका लागि नेपाली राजनीतिमा वैकल्पिक शक्ति निर्माणकाे बहस शुरू भयाे। अहिले नेपाली राजनीतिमा विशेषतः दुई धार देखिएका छन्।

पूराना दलहरू र वैकल्पिक शक्ति भनिएका नयाँ दल। विचारधाराका आधारमा राजनीतिक दल बारेको चर्चा भने यहाँ हुने गरेको छैन। युवा जनशक्तिमा विश्वास राख्ने र नेपालको वर्तमानसँगै भविश्य युवामा निर्भर रहने बताउँदै आएको विवेकशील साझा पार्टी आफूलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउने प्रयत्नमा लागेका छ।

'अब मुलुकको राजनीतिक नेतृत्व युवा पुस्ताले लिनुपर्छ,' विवकेशील साझा पार्टीका केन्द्रीय सदस्य पुकार बम (३०) भन्छन्, 'अनि मात्रै नेपालमा समृद्ध राष्ट्र निर्माणका यात्रा प्रारम्भ हुनसक्छ।'

अहिले नेपालमा पुकारकाे भन्दा दोब्बरभन्दा पनि बढी उमेरका प्रधानमन्त्री छन्, शेरबहादुर देउवा (७२)। पार्टीको नेतृत्व पंक्तिमा रहेकाहरू पनि प्रायः ५० वर्ष कटेका छन्।

तर, पुकार भने अब नेपालको राजनीतिक नेतृत्व चाँडै नै युवाको हातमा आउने देख्छन्, एउटा कारण हो –पछिल्लो पटक युवाहरूको नेतृत्वमा गठन भएका राजनीतिक दलप्रतिको आकर्षण। 'पूराना राजनीतिक दलका युवा पनि नेतृत्व लिन तम्सिएका छन्,’ उनले भने।

तत्कालीन विवेकशील नेपाली दलका कार्यपालिका प्रमुख रहेका पुकार अबको नेतृत्व दक्ष, अनुभवी र मेहनती युवाले लिनुपर्ने धारणा राख्छन्।

उनी भन्छन्, ‘जब मुलुकका हरेक नागरिक विवेकी हुन्छन्, तब राष्ट्र नै विवेकशीलमय बन्ने छ, अहिले हामी आफ्नो भिजन हरेक नागरिकलाई बुझाउने अभियानमा छौं।’

२०६० मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उनी लागे डाक्टर बन्ने सपना बोकेर राजधानी काठमाडौंतर्फ। पुकारका काका पूर्वस्वास्थ्य सचिव डा. दीर्घसिंह बम हरेक दशैंमा टिका लगाएर ‘डाक्टर बनेस्’ भनेर आर्शिवाद दिन्थे। उनैको प्रेरणाबाट डाक्टर पढ्न राजधानी हिँडेका थिए, पुकार।

डाक्टर बन्ने सपना तुहियो

कैलालीको बर्दगोरिया गाउँपालिका लल्तापुर स्थायी घर भएका पुकार पेशाले शिक्षक र उद्यमी पनि हुन्। पुकार राजधानीको केके इन्टरनेशनल कलेजका कोर्डिनेटर हुन्। र, अध्यापन पनि गराउँछन्।

समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पुकार बिहान पेशामा तल्लीन हुन्छन् भने दिउँसो राजनीतिमा। ‘यहाँ राजनीतिलाई पेशा बनाइएको छ, तर राजनीति सेवा हो,’ उनी भन्छन्, ‘जब हरेक राजनीतिज्ञले राजनीतिलाई सेवाको रुपमा बुझ्न थाल्नेछन् तब नयाँ पुस्ताले ठाउँ पाउने छ, पूरानो पुस्ता रिटायर्ड भएर जानेछ।’

पुकारको बालापन लल्तापुरमा बित्यो। बुवा तारासिंह बमको जमीन प्रशस्तै थियो। गाउँमा खाद्यान्नको मील थियो। त्यसैले पुकारको बालापन सुखसयलमै बित्यो। ‘चकचके’ पुकारले एसएलसीसम्मको शिक्षा सदरमुकाम धनगढीस्थित सिद्धार्थ शिशु सदनबाट पूरा गरे।

उनी होस्टलमै बसेर पढेँ। पुकार कक्षा १ भन्दा अघि विद्यालय भर्ना भएनन्, घरमै पढे। अहिले राजनीतिमा लागेका पुकार स्कूलमा पनि कक्षामा क्याप्टेन हुन्थे।

२०६० मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उनी लागे डाक्टर बन्ने सपना बोकेर राजधानी काठमाडौंतर्फ। पुकारका काका पूर्वस्वास्थ्य सचिव डा. दीर्घसिंह बम हरेक दशैंमा टिका लगाएर ‘डाक्टर बनेस्’ भनेर आर्शिवाद दिन्थे। उनैको प्रेरणाबाट डाक्टर पढ्न राजधानी हिँडेका थिए, पुकार।

र, राजधानीको निष्ट कलेजमा विज्ञान विषयमा भर्ना भए। दुई वर्षमा प्लसटुको अध्ययन पूरा गरेपछि पुकार एमबीबीएस अध्ययनका लागि नेम कलेजमा भर्ना भए। पहिलो वर्ष पूरा गरे।

तर, दोस्रो वर्षमा छात्रवृत्तिका लागि आवेदन भरेपनि कोटा प्रणालीका कारण उनी छनौट भएनन्। २०६४ को विगत स्मरण गर्दै पुकार भन्छन्, ‘मभन्दा कम प्राप्तांक भएकाले छात्रवृत्ति पाए। तर, मैले पाएनँ, सोर्स-फोर्सकै कारण होला।' र, पुकारलाई वितृष्णा जाग्यो। उनले एमबीबीएस पढार्इलाई थाँती राखे।

त्यसअघि मुलुकभर खबरदारी अभियान भएको थियो। प्रधानमन्त्री थिए डा. बाबुराम भट्टराई। नयाँ संविधानका लागि नागरिकले यतिसम्म खबरदारी गरे कि २०६९ जेठ १४ गते रातिसम्म नयाँबानेश्वरस्थित संसद् भवनमै धर्नामा थिए।

नागरिक आन्दोलनदेखि राजनीतिमा 

पुकार एमबीबीएस पढ्दै गर्दा पनि उनको चासो नागरिक आन्दोलनतिर केन्द्रित भइरहेको थियो। २०६६ पछि नेपालमा संविधान निर्माणका लागि दबाब दिन नागरिक आन्दोलन भइरहेका थियाे।

निर्धारित मितिमै संविधान जारी गर्न दबाब सृजना गर्ने उद्देश्यले भइरहेका नागरिक आन्दोलनमा पुकार पनि सहभागी भए। ‘पहिले घरपरिवारको प्रेसरमा साइन्स् पढियो, तर बुझ्ने भइसकेपछि राजनीति र समाजतर्फ मेरो ध्यान केन्द्रित भयो,’ पुकार भन्छन्, ‘त्यसपछि कार्यक्रममा पनि सहभागिता जनाउन थालेँ।’

र, राजनीति क्षेत्रका अगुवाहरुसँग चिनजान भयो। काठमाडौं विश्वविद्यालयमा सन् २००७ देखि २०१० सम्म बीएसडब्लूमा स्नातक गरे उनले। पुकारमा राजनीतिको राप पनि बढ्दै गएको थियो।

राजधानीमा 'संसार भरिका नेपाली एक होऔं’ अभियान सञ्चालन भएपछि उनी पनि समावेश भए। पुकारले अभियानका क्रममा विवकेशीलका अध्यक्ष उज्वल थापासहितका नेतालाई भेटे। तर, त्यतिबेला विवेकशीलको जन्म भइसकेको थिएन। नागरिक आन्दोलनका रुपमा समूहमा थिए, उनीहरू।

२०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनबाट २०६९ जेठ १४ गते (थपिएको म्यादसहित) संविधान जारी गर्नुपर्ने थियो। तर, संविधान जारी हुन नसकेपछि अन्ततः पहिलो संविधानसभा भंग भयो। 

त्यसअघि मुलुकभर खबरदारी अभियान भएको थियो। प्रधानमन्त्री थिए डा. बाबुराम भट्टराई। नयाँ संविधानका लागि नागरिकले यतिसम्म खबरदारी गरे कि २०६९ जेठ १४ गते रातिसम्म नयाँबानेश्वरस्थित संसद् भवनमै धर्नामा थिए।

तर, अन्ततः प्रधानमन्त्री भट्टराईले राति १२ बजे संविधानसभा विघटनको घोषणा गरेपछि नागरिकमा निराशा छायो। संसद् भवन अगाडि नाराबाजी भएपछि प्रहरीले लाठी चार्ज गर्यो। त्यो रात बानेश्वरमै बिताएको स्मरण गर्छन्, पुकार।

र, संविधानसभा विघटन भएको भोलिपल्ट हाल विवेकशीलमा आबद्ध भएकाहरू छलफलमा जुटे। र, एउटा निष्कर्षमा पुगे–अब अभियानका नाममा मात्र हुँदैन। राजनीतिक दलकै रुपमा अघि बढ्नुपर्छ।’

उज्वल थापा विवेकशीलको अध्यक्ष हुँदा पुकार व्यवस्थापिकामा सदस्य थिए। उनी त्यसका संस्थापक मध्येका एक हुन्। र, पहिलो महाधिवेशनबाट उनी कार्यपालिका प्रमुख बने। हालै विवेकशील र साझा पार्टीबीच एकता हुँदा उनी केन्द्रीय सदस्य बनेका छन्।

हरेक शनिबार गर्दै १३ पटकको छलफलपछि ‘सुसंस्कृति’ राजनीतिको अटोठका साथ विवकेशील बन्ने भएपछि सन् २०१२ मे २८ तारिखमा विवेकशील नेपाली दलको गठन भयो।

उज्वल थापा विवेकशीलको अध्यक्ष हुँदा पुकार व्यवस्थापिकामा सदस्य थिए। उनी त्यसका संस्थापक मध्येका एक हुन्। र, पहिलो महाधिवेशनबाट उनी कार्यपालिका प्रमुख बने।

हालै विवेकशील र साझा पार्टीबीच एकता हुँदा उनी केन्द्रीय सदस्य बनेका छन्। ‘राजनीति, राजनीतिक नेतृत्व र संस्कारमा नै खोट देखेपछि हामीले सुसंस्कृत राजनीतिको उद्घोष गर्याैं,’ पुकार सम्झन्छन्, ‘सुसंस्कृत राजनीतिकै लागि हामी होमिएका हौं।’

विवेकशीलले २०७० वैशाखमा ‘युवा अघि सर्छ, देश अघि बढ्छ’ ध्येयका साथ देशव्यापी पैदलयात्रा थालेपछि पश्चिम महाकालीको नेतृत्व पुकारले गरे। १४ वटै अञ्चलबाट शुरु भएको अभियान लुम्बिनीमा सम्पन्न भयो। माटो, पानी र सपनासहित हिँडेका थिए, पुकार।

अभियानका क्रममा पुकारले बुझे आमनागरिकले ‘शान्त र समृद्ध नेपाल चाहेका छन्।’ 

कुकुर चिह्नबाट चुनाव लड्दा

पहिलो संविधानसभा निर्वाचनबाट संविधान जारी हुन नसकेपछि मुलुकमा दलविहीन सरकार गठन भयो। निर्वाचन गराउनैका लागि तत्कालीन प्रधानन्यायाधीश खिलराम रेग्मीको नेतृत्वमा गठन भएको सरकारले अन्ततः २०७० मंसिर ४ गते मतदान गरायो।

संविधानसभाको दोस्रो निर्वाचनमा विवेकशीलले पनि उम्मेदवारी दिने भएपछि पुकार काठमाडौं क्षेत्र नम्बर-८ बाट चुनाव लडे ‘कुकुर’ चुनाव चिह्नबाट। ‘शान्ति र समृद्ध नेपाल हाम्रै काँधमा, अब युवा नेतृत्व’ लगायतका नारासहित चुनाव लडे, उनी।

संविधानसभाको दोस्रो निर्वाचनमा विवेकशीलले पनि उम्मेदवारी दिने भएपछि पुकार काठमाडौं क्षेत्र नम्बर-८ बाट चुनाव लडे ‘कुकुर’ चुनाव चिह्नबाट। ‘शान्ति र समृद्ध नेपाल हाम्रै काँधमा, अब युवा नेतृत्व’ लगायतका नारासहित चुनाव लडे, उनी।

चुनावी प्रचारमा खुबै पुकारसहित उनको टोली खटियाे। तर, कांग्रेसका नविन्द्रराज जोशी विजयी भए। र, पुकार  पाँचौ स्थानमा आए। ‘अरु कार र मोटरसाइकलमा प्रचार गर्थे। तर, हामी साइकलमा गएर प्रचार गर्थ्यौं,’ उनी स्मरण गर्छन्।

बाबु राम्रो नेता बन्नु!

मुलुकमा व्यवस्था फेरिएको छ, तर अवस्था उस्तै छ। अर्थात् लोकतान्त्रिक गणतन्त्र स्थापना भएको एक दशक बित्दा पनि नागरिकले ‘गणतन्त्र’को अनुभूति गर्न पाएका छैनन्।

राजनीतिप्रति युवाको वितृष्णा अझ बढेकाे छ। तर, एक दशकअघि छोरालाई डाक्टर बनाउने सपना बोकेका र छोराले राजधानीमा रहेर राजनीतिप्रति रुची देखाउँदा हप्काउनपछि नपर्ने तारासिंहको मन अहिले फेरिएको छ।

पुकारका अनुसार गाउँमा रहेका उनका बुवा अचेल ‘राम्रो नेता बन्नु’ भनेर आर्शिवाद दिन थालेका छन्। छोराको पेशासँगै रुचीमा समेत बुझेपछि तारासिंहले छोरालाई यसरी आर्शिवाद दिन थालेका हुन्।

पुकार भन्छन्, ‘राजनीतिबाट बाहिर रहन सक्दैनौं, अब नेतृत्वमा युवा आउनुपर्छ, अनि मुलुकमा सुसंस्कृति राजनीतिको विकास हुन्छ।’

‘नेपाल बनाउने कुनै एउटा अमुख पार्टीले बनाउने होइन, त्यसका लागि सबै राजनीतिक दल विवेकी बन्नुपर्छ,’ पुकार भन्छन्, ‘नेपाललाई हाम्रै पालामा शान्त, समृद्ध र विशाल बनाउन युवा एकजुट हुन जरुरी छ।’

युवाकाे नेतृत्व सम्भव छ?

पुकार भन्छन्, 'राजनीतिमा युवा नेतृत्व हाम्रै पालामा सम्भव छ, समृद्ध समाजका लागि यो अपरिहार्य छ।'

नागरिकलाई विवेकशील, समाजलाई विवेकशील र राजनीतिज्ञलाई सेवक बनाएर अभियानकै रुपमा अगाडि बढ्न सके विकृतिलाई चिर्न सकिने उनको विश्वास छ।

‘नेपाल बनाउने कुनै एउटा अमुख पार्टीले बनाउने होइन, त्यसका लागि सबै राजनीतिक दल विवेकी बन्नुपर्छ,’ पुकार भन्छन्, ‘नेपाललाई हाम्रै पालामा शान्त, समृद्ध र विशाल बनाउन युवा एकजुट हुन जरुरी छ।’ अन्य राजनीतिक दलमा आबद्ध युवालाई पनि कुनै अमुख गुटमा नभर्इ मुलुकका लागि राजनीति गर्न उनी सुझाउँछन्।


 

More form the Internet

loading...