Suvadin, Home

उपनिर्वाचनमा वामदेवः ‘कांग्रेसलाई चुनाव जितेर पार्टीमा नयाँ उमंग भर्ने अवसर’

‘संगठित मुभ साथ आफ्ना उम्मेदवार जिताएर पार्टी पंक्तिमा नयाँ उमंग भर्ने अवसर कांग्रेसलाई मिल्ने छ’ प्रवक्ता शर्माले आफ्नो ट्वीटमा भनेका छन् – ‘प्रधानमन्त्री ज्यू, चाँडो टुंगो गर्दिनुस् न क्षेत्र चाहिँ कुन हो?’ प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता संञ्जय गौतमसँग पराजित भएका नेकपा नेता वामदेव गौतमलाई संसदमा ल्याउन आन्तरिक तयारी भइरहँदा कांग्रेस प्रवक्ता शर्माको यस्तो टिप्पणी आएको हो।
कांग्रेस प्रवक्ता र नेकपाका नेता।

काठमाडौं, ६ असोज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम उपनिर्वाचनमा उम्मेदवार भए कांग्रेसले त्यसलाई अवसरका रुपमा सदुपयोग गर्ने बताएका छन्।

शर्माले उपनिर्वाचन भएमा सरकारलाई आफ्नो लोकप्रियता खस्किएको मापन गर्ने र सच्चिने र कांग्रेसलाई चुनाव जितेर पार्टीमा नयाँ उमंग भर्ने अवसर हुने बताएका छन्।

‘संगठित मुभ साथ आफ्ना उम्मेदवार जिताएर पार्टी पंक्तिमा नयाँ उमंग भर्ने अवसर कांग्रेसलाई मिल्ने छ’ प्रवक्ता शर्माले आफ्नो ट्वीटमा भनेका छन् – ‘प्रधानमन्त्री ज्यू, चाँडो टुंगो गर्दिनुस् न क्षेत्र चाहिँ कुन हो?’

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता संञ्जय गौतमसँग पराजित भएका नेकपा नेता वामदेव गौतमलाई संसदमा ल्याउन आन्तरिक तयारी भइरहँदा कांग्रेस प्रवक्ता शर्माको यस्तो टिप्पणी आएको हो।


 

More form the Internet

loading...