Suvadin, Home

Cover Image

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार प्रतिनिधिसभाको बैठकमा दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न गर्न माग गरेको थियो। कांग्रेसले अवरोधको प्रयास गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः बस्न नसकेपछि बुधबार एक बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

काठमाडौं, २२ पुस –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोधको प्रयास गरेपछि बुधबारसम्मका लागि संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार प्रतिनिधिसभाको बैठकमा दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न गर्न माग गरेको थियो।

कांग्रेसले अवरोधको प्रयास गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः बस्न नसकेपछि बुधबार एक बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

संसद सचिवालयले सुचना टाँस गरी बुधबार दिउँसो १ बजे अर्को बैठक बस्ने जनाएको छ।

सभामुख कृष्णबहादुर महराले आफूले अनुमति दिएपछि मात्रै प्रश्न गर्न पाउने भनेपछि बैठकमा हंगामा भएको थियो। 

 


 

More form the Internet

loading...