Suvadin, Home

मन्त्रिपरिषद् बैठक स्थगित

सत्तारुढ दलहरू बीचकै मत–मतान्तरणले पटक–पटक स्थगित हुँदै आएको मन्त्रिपरिषद् बैठक आइतबार पनि बस्न सकेन। दुई जना उपप्रधानमन्त्रीको वरीयता विवाद र सर्वाेच्च अदालतको फैसला पछि कसलाई प्रहरी महानिरीक्षण बनाउने भन्ने विवादले बैठक स्थगित भएको स्रोतले जनाएको छ। तीन सातासम्म बस्न नसकेको बैठक उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि वरीयतामा लचिलो भएपछि आइतबारका लागि डाकिएको थियो। तर, आइतबार पनि बैठक बस्न नसकेको हो।
मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर

काठमाडौं, चैत २७ – सत्तारुढ दलहरू बीचकै मत–मतान्तरणले पटक–पटक स्थगित हुँदै आएको मन्त्रिपरिषद् बैठक आइतबार पनि बस्न सकेन। दुई जना उपप्रधानमन्त्रीको वरीयता विवाद र सर्वाेच्च अदालतको फैसला पछि कसलाई प्रहरी महानिरीक्षण बनाउने भन्ने विवादले बैठक स्थगित भएको स्रोतले जनाएको छ। 

तीन सातासम्म बस्न नसकेको बैठक उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि वरीयतामा लचिलो भएपछि आइतबारका लागि डाकिएको थियो। तर, आइतबार पनि बैठक बस्न नसकेको हो।

सरकारले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नेबारे संघीय लाेकतान्त्रिक मधेसी मोर्चासँग सहमतिमा पुग्न नसकेपछि बैठक स्थगीत भएको जनाएको छ।  

तीन सातादेखि मन्त्रिपरिषद्काे बैठक बस्न नसक्दा आइजिपी नियुक्त हुन सकेको छैन। ढिलाईले प्रहरी संगठनभित्र चेन अफ कमाण्ड नै खल्बलिने आशंका पूर्व प्रमुखहरुले गरेका छन्। मन्त्रिपरिषद्को अर्को बैठक सोमबार दिउँसो तीन बजेका लागि डाकिएको छ।


 

More form the Internet

loading...