Suvadin, Home

टिप्पणी
भोकमा भुटेको मकै नपाएका जनताका प्रधानमन्त्रीको जन्मदिनमा नक्साको केक !

जन्मदिनमा मुलुकको नक्साअंकित केक काट्‍नु कुनै नौलो कुरा होइन । अन्य मुलुकका राष्ट्रप्रमुखहरुले पनि आफ्नो मुलुकको नक्सा, झण्डा तथा आफ्नै तस्बिर अंकित केक काट्ने गरेका छन् । पहिलो कुरा त केक काट्‍नु नै नेपाली परम्परा होइन । दोस्रो विदेशी परम्परा आयात गरेर अपनाइसकेपछि विदेशी राष्ट्रप्रमुखहरुले गरेको हाम्रा प्रधानमन्त्री गर्नु नौलो विषय होइन । तर, अन्य मुलुकका राष्ट्रप्रमुखहरु जनताप्रति जवाफदेही र उत्तरदायी छन् । मुलुकको विकास र समृद्धि नारामा कम र व्यवहारमा बढी छ । अन्तर्राष्ट्रिय मञ्‍चहरुमा उनीहरुको उपस्थितिले विशेष अर्थ राख्छ । त्यसकारण त्यहाँका जनताले यस्ता सामान्य विषयमा खासै प्रश्न गर्दैनन् र चासो राख्‍दैनन् । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मथलो तेह्रथुम पुगे । तेह्रथुमको आठराई गाउँपालिकाले प्रधानमन्त्री ओली जन्मदिन मनाउन जन्मथलो आउने तय भएपछि सार्वजनिक बिदा दिइयो । त्यहाँका विद्यालय तथा सरकारी कार्यालयहरु बन्द भए । 

प्रधानमन्त्री ओली जम्बो टोलीसहित तामझामका साथ जन्मथलो पुगे । उनका लागि नेपालको नक्सा अंकित केक पनि हेलिकोप्टरमा चार्टड गरियो । उनले त्यहाँ केही थान मानिसलाई लुगा वितरण गरे र एक छाक खाना खुवाए । 

प्रधानमन्त्री ओलीले सत्तारोहण आफू गरिब, भोका नांगा जनताको प्रधानमन्त्री भएकोले उनीहरुका दु:खका दिन अन्त्य गर्ने भाषण हरेक सार्वजनिक स्थानमा दिँदै आएका छन् । तर, प्रधानमन्त्री ओलिले जन्मदिनको अवसरमा केही मानिसहरुलाई एक छाक खाना खुवाएर र केही थान लुगा बाँडेर कति जनताको दु:ख अन्त्य गरे त्यो उनैले मूल्यांकन गरून् । 

प्रधानमन्त्री ओलीले यसअघिको सम्बोधनमा आफूले मुलुकका जनताको भोकमरी अन्त्य गरेको दाबी गरिँहदा कर्णाली र बाजुरामा भोकमरीकै कारण मानिसहरु विदेशिन बाध्य भएको समाचार सुन्‍न रुचाउँदैनन् । झाडापखाला, रुघाखोकी, ज्वरोको औषधी नपाएर हुम्ला, जाजरकोट, बाजुरलगायतका जिल्लाका मानिसहरुले अकालमा ज्यान गुमाएका समाचार सुन्‍न सक्न‍े प्रधानमन्त्रीका काम सक्षम छैनन् । सिराह, सप्तरीमा शितलहरका कारण मानिसले मृत्युवरण गरे, त्यो पनि प्रधानमन्त्री ओली सुन्‍न सुचाउँदैनन् । 

तर, लाखौं खर्च गरेर मुलुकको नक्सा अंकित केक काट्‍न जन्मथलो जान्छन्, कार्यकर्तालाई भोज खुवाएर जनता सुखी भएको भाषण गर्छन् । एक सबल प्रधानमन्त्रीले सस्तो लोकप्रियतामा रमाउनुको दीर्घकालीन परिणाम नेपाली जनताले नै भोग्‍नुपर्छ । 

नेपालको नक्साको केक प्रसंग !

प्रधानमन्त्री ओलीले नक्सा अंकित केक काटेको विषयमा चौतर्फी आलोचना भइरहेको छ । आलोचना गर्नेमध्ये अधिकांशले लिपुलेक बिनाको केक काटेर मुलुकलाई नै टुक्रा-टुक्रा पार्न खोजेको सन्देश दिन लागेको भन्‍ने टिप्पणी गरेका छन् । 
 
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले फेसबुकमा लेखेका छन् – "दु:खका साथ यो लेख्दैछु । जुन देशका जनताले भाेकमा भुटेका मकै र ज्वरोमा सिटामोल पाएका छैनन । छोरा छाेरी विदेशका विभिन्न ठाँउमा आफ्नो शरीर, रगत र पसिना रेमिट्यान्ससँग साँटिराखेका छन् । पशुपतिमा लाशकाे विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरी देशको नक्सा भएको केक काट्ने कसले सुझाव दियो ??? लाज लाग्दैन ???" 

जन्मदिनमा मुलुकको नक्साअंकित केक काट्‍नु कुनै नौलो कुरा होइन । अन्य मुलुकका राष्ट्रप्रमुखहरुले पनि आफ्नो मुलुकको नक्सा, झण्डा तथा आफ्नै तस्बिर अंकित केक काट्ने गरेका छन् । पहिलो कुरा त केक काट्‍नु नै नेपाली परम्परा होइन । दोस्रो विदेशी परम्परा आयात गरेर अपनाइसकेपछि विदेशी राष्ट्रप्रमुखहरुले गरेको हाम्रा प्रधानमन्त्री गर्नु नौलो विषय होइन । तर, अन्य मुलुकका राष्ट्रप्रमुखहरु जनताप्रति जवाफदेही र उत्तरदायी छन् । मुलुकको विकास र समृद्धि नारामा कम र व्यवहारमा बढी छ । अन्तर्राष्ट्रिय मञ्‍चहरुमा उनीहरुको उपस्थितिले विशेष अर्थ राख्छ । त्यसकारण त्यहाँका जनताले यस्ता सामान्य विषयमा खासै प्रश्न गर्दैनन् र चासो राख्‍दैनन् । 

तर, हाम्रो मुलुकको अवस्था फरक छ । प्रधानमन्त्रीकै निर्देशनमा मन्त्रीहरु भ्रष्टाचार गर्छन् । जनताप्रति सरकार उत्तरदायी छैन । जनता भनेकै कार्यकर्तामात्र हुन् भन्‍ने साँघुरो सोचाईं शासकवर्गको छ । विलासीताका लागि मुलुककै ढुकुटी रित्याउन कुनै हिचिकिचाउँदैनन् । यस्तो मुलुकका प्रधानमन्त्रीले देशको नक्साको केक काटेको विषय पनि ठूलो बनाइएको हो । 


 

More form the Internet

loading...