Suvadin, Home

‘माघ १० भित्र स्थानीय तहको निर्वाचन मिति’

सरकारले माघ १० भित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले माघ १० भित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
चक्रपाणि खनाल।

काठमाडौं, पुस २८


सरकारले माघ १० भित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले माघ १० भित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

काठमाडाैंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय तहकै निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। सल्लाहकार खनालले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन केही दिनभित्रै मन्त्रिपरिषदबाट पास हुने पनि उल्लेख गरे।

उनले संविधान संशोधन प्रस्ताव संसदबाट पास गराएर निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री प्रतिवद्ध रहेको पनि बताए। खनालले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा निर्वाचन आयोगसँग परामर्श भइरहेको जानकारी पनि दिए। उनले सरकार जनताको दैनिक कामकाजलाई प्रभावकारी बनाउन पनि लागि परिरहेको दावी गरे।

 


 

More form the Internet

loading...