Suvadin, Home

चिनियाँ रक्षामन्त्री किन अाए काठमाडाैं ?

चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडाैं अाइपुगेका छन्। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो।
चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान।

काठमाडौं, चैत १० – चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडाैं अाइपुगेका छन्। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो।

वानक्वानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नेछन्।

रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उनले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्ने छन्।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले शुक्रबार भेटवार्ता गर्नेछन्। रक्षामन्त्री चाङले बसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकन गर्ने जनाइएकाे छ।


 

More form the Internet

loading...