Suvadin, Home

खगराजलार्इ झडका, प्रधानमन्त्री देउवालार्इ फाइदा
देउवाका प्रतिस्पर्धी खगराजका ‘दाहिने हात’ कांग्रेसमा प्रवेश

नेकपा (माओवादी) केन्द्रका नेता एवं डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ का वडाध्यक्ष चेतराज भट्ट नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापित शेरबहादुर देउवा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ का वडाध्यक्ष चेतराज भट्टसहितका नेतालार्इ स्वागत गर्दै।

काठमाडौं, कात्तिक २०– नेकपा (माओवादी) केन्द्रका नेता एवं डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ का वडाध्यक्ष चेतराज भट्ट नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

स्थानीय चुनावमा कांग्रेस उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष बनेका भट्ट प्रतिनिधि सभा चुनावको मुखैमा सोमबार कांग्रेसमा लागेका हुन्। उनलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरे।

डडेल्धुरामा वाम गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार खगराज भट्टका ‘दाहिने हात’ मानिने चेतराज कांग्रेसमा लागेपछि उनलाई झडका लागेको छ। 
डडेल्धुरामा कांग्रेस सभापति देउवा र खगराजबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छँदा चेतराज प्रधानमन्त्री सचिवालयमा कार्यरत थिए। चेतराज खगराजका नातेदार समेत हुन्।

साथै डडेल्धुराको भित्रिमधेसका खम्बा वाइसीएल केन्द्रीय सदस्य इन्द्र कठायत लगायत कयौं नेता, कार्यकर्ता कांग्रेसतिर लागेका छन्।


 


 

More form the Internet

loading...