Suvadin, Home

Cover Image

चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जनाएको छ ।

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुने कार्यक्रम रहेको छ ।

सीको क्रममा नेपाल र चीनबीच केही सम्झौतामा हस्ताक्षर पनि हुने बताइएको छ । करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीले नेपालका अन्य दलका वरिष्ठ नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।


 

More form the Internet

loading...