Suvadin, Home

कांग्रेस नेता श्रेष्ठलाई मातृशोक

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दालचिनीको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरका छन्।
चिनकाजी श्रेष्ठ।

काठमाडाैं, २८ पुस – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान मुख्य सचेतक चीनकाजी श्रेष्ठकी आमा दालचिनीको आज ८५ वर्षका उमेरमा ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मष्तिकाघातबाट निधन भएको छ। 

शनिबार बिहान मृतकको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दालचिनीको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरका छन्।


 

More form the Internet

loading...