Suvadin, Home
Nepal Telecom 939.7k

संघीयता लागू भए नेपाल भारतमा गाभिन्छ : चित्रबहादुर केसी

अध्यक्ष चित्रबहादुर केसीले तराईबाट पहाडलाई अलग गर्ने योजना नेपाललाई भारतमा गाभ्ने डिजाइन अन्तर्गत नै आएको जिकीर गरे। मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालीको घाँटीमा संघीयताको पासो भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना भइरहेको दाबी समेत गरेका छन्।
चित्रबहादुर केसी।

काठमाडाैं, पुस २६

अटुट रुपमा संघीयताको विपक्षमा उभिँदै आएको राष्ट्रिय जनमोर्चाले संघीयता लागू भए नेपाल भारतमा गाभिने चेतावनी दिएको छ।

अध्यक्ष चित्रबहादुर केसीले तराईबाट पहाडलाई अलग गर्ने योजना नेपाललाई भारतमा गाभ्ने डिजाइन अन्तर्गत नै आएको जिकीर गरे। मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालीको घाँटीमा संघीयताको पासो भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना भइरहेको दाबी समेत गरेका छन्।

उनले सरकार भारतीय स्वार्थअनुसार चलिरहेको भन्दै आक्रोश व्यक्त गरे। अध्यक्ष केसीले सरकारले विपक्षी दलहरुको अवरोधका बीच संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेर गाईजात्रा देखाएको टिप्पणी गरे। ‘संविधान कार्यान्वयन गर्न जोड दिने बेला सरकार अन्यत्र मोडिएको छ,’ उनले भने, ‘संविधान कार्यान्वयनमा ढिलाइ भए गणतन्त्र नै गुम्न सक्ने खतरा रहन्छ ।’

 


 

More form the Internet

loading...