Suvadin, Home
Citizen Bank 447.5k

Cover Image

पदभार सम्हालेलगत्तै प्रधानन्यायाधीश चोलेन्द्रले लिए कठोर निर्णय

‘सम्पूर्ण नागरिकस्तरबाट उठेको प्रश्न, पत्रकार र सेवाग्रहरीले उठाएका प्रश्न तथा कानुन व्यवसायीको मनासयसमेत बुझेर यस्तो निर्णय गरेको हुँ,’ जोशीलाई पेशी नतोक्ने जानकारी गराउँदै उनले भने, ‘मैले यो प्रधान न्यायाधीशको पदीय हैसियतमा गरेको हुँ।’

काठमाडौं,१८ पुस - प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन्। बुधबार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेलगत्तै सर्वोच्च आएर कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै न्यायाधीश दीपकराज जोशीलाई अब पेशी नतोक्ने प्रधानन्यायाधीश जबराले बताए।

उनले दीपकराज जोशीलाई राजीनामा दिएर बाटो खुलाउन सुझाव दिँदै सर्वोच्चलाई बन्धक नबनाउन आग्रह गरे। सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीहरुले प्रधानन्यायाधीश राणालाई स्वागत गरेका थिए।

‘सम्पूर्ण नागरिकस्तरबाट उठेको प्रश्न, पत्रकार र सेवाग्रहरीले उठाएका प्रश्न तथा कानुन व्यवसायीको मनासयसमेत बुझेर यस्तो निर्णय गरेको हुँ,’ जोशीलाई पेशी नतोक्ने जानकारी गराउँदै उनले भने, ‘मैले यो प्रधान न्यायाधीशको पदीय हैसियतमा गरेको हुँ।’

उनले व्यक्तिगत रुपमा जोशीसँग कुनै गुनासो नभएको संकेत गरे। ‘उहाँ मेरो सहपाठी हो,’ उनले भने, ‘तर मैले गम्भीर निर्णय लिनुपर्‍यो।’

प्रधान न्यायाधीशका रुपमा आफूले लिएको निर्णयको बचाउ गर्दै उनले जोशीले अदालतलाई बन्धक नबनाउने अपेक्षा गरेको सुनाए।

‘न्यायाधीशका हिसाबले उहाँले अब अदालतलाई बन्धक बनाउनुहुन्न भन्ने मेरो विश्वास छ,’ जबराले भने, ‘त्यही आधारमा उहाँलाई मैले पेशी तोकिन र भविष्यमा पनि तोक्दिन।’


 

More form the Internet

loading...