Suvadin, Home

प्रधानन्यायाधीशमा राणाको नाम सर्वसम्मत

समितिका सभापति लक्ष्मणलाल कर्णले राणाले न्यायालय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्न्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जनाकारी दिए।

काठमाडौं, १७ पुस – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ। मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले राणाको नाम सर्वसम्मत रुपमा स्वीकृत गरेको हो। 

समितिका सभापति लक्ष्मणलाल कर्णले राणाले न्यायालय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्न्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जनाकारी दिए।

राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन्।

यसअघि राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दाबी गर्दैै समितिमा विभिन्न नौवटा उजुरी परेको भए पनि सुनुवाई समितिले त्यसको समेत छानबिन गर्दै राणालाई प्रधानन्यायाधीशमा चयन गरेको हो।  


 

More form the Internet

loading...