Suvadin, Home
सत्तारुढ दुई ठूला दल कांग्रेस र माओवादी केन्द्र भित्रैबाट निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिइएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका रामनारायण बिडारीले संविधान संशोधन प्रस्ताव थाती राखेर भए पनि तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिएका हुन्।
रामचन्द्र पाैडेल।

काठमाडाैं, माघ ७- सत्तारुढ दुई ठूला दल कांग्रेस र माओवादी केन्द्र भित्रैबाट निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिइएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका रामनारायण बिडारीले संविधान संशोधन प्रस्ताव थाती राखेर भए पनि तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिएका हुन्।

व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै सत्ता साझेदार कांग्रेसका वरिष्ठ नेता पौडेलले संविधान संशोधन प्रस्तावलाई थाति राख्दै स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरे। उनले निर्वाचनले सबैलाई न्याय र अधिकार दिने उल्लेख गर्दै निर्वाचनमा जान मधेसवादी दलहरू पनि सहमत हुनैपर्ने आवश्यक्ता औंल्याए। नेता पौडेलले स्थानीय निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। ‘स्थानीय निर्वाचन नभई प्रदेश वा केन्द्रीय सभाको निर्वाचनमा जान हुँदैन,’ उनले भने।

सत्तारुढ माओवादी केन्द्रका नेता बिडारीले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गरे। उनले निर्वाचन घोषणा गर्न नदिने अनेक हर्कत भएको भन्दै बिरोध जनाए। बिडारीले निर्वाचनको तयारी गर्ने बेला संसद बैठक अवरोध गरेर विपक्षी दलहरूले संविधान कार्यान्वयनमा भाँजो हालेको आरोप समेत लगाएका थिए।

प्रमुख प्रतिपक्ष एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचनको मिति घोषणा गर्न कसले रोकेको हो? त्यसको जवाफ प्रधानमन्त्रीले संसदमा दिनुपर्ने माग गरेका थिए। ‘निर्वाचनको मिति घोषणा गरेर अघि बढने बेला संविधान संशोधन प्रस्ताव पेश गरेर सरकारले बेमौसमी बाजा बजाइरहेको छ,’ उनले भने।

उपाध्यक्ष रावलले सरकार अदृश्य शक्तिको इसारामा चलेकाले निर्वाचनको मिति घोषणा नगरिएको आरोप समेत लगाए। राष्ट्रिय जनमोर्चाकी मीना पुनले सरकार निर्वाचन गराउन गम्भीर नभएको आरोप लगाइन्। ‘संविधान संशोधन प्रस्ताव ल्याएर सरकारले निर्वाचन हुन नदिन षडयन्त्र गरिरहेको छ,’ उनले भनिन्। सांसदहरूले संविधान कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई दवाव दिँदै आएका छन्।


 

More form the Internet

loading...