Suvadin, Home

सीके राउत पुर्पक्षका लागि जेल चलान

यसअघि २१ असोजमा उनी रौतहटबाट पक्राउ परेका थिए। उनको परिवारले १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए।

काठमाडौं , २० मंसिर - राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सीके राउत जेल चलान भएका छन्।

जिल्ला अदालत, रौतहटको आदेशपछि उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गरिएको हो।

यसअघि २१ असोजमा उनी रौतहटबाट पक्राउ परेका थिए। उनको परिवारले १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए।

तर, सर्वोच्चले राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।

राउतले तराई क्षेत्रमा छुट्टै मधेशकाे मागसहित अाफ्ना गतिविधि गर्दै आएका छन्।


 

More form the Internet

loading...