Suvadin, Home

Cover Image

सीके राउत र सरकारको सहमति सकारात्मकः देउवा 

‘राष्ट्र विखण्डन बाहेकका विषयमा वार्ता, सहमति गर्नु राम्रो कुरा हो’, देउवाले भने ‘सरकारको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ।’ देश टुक्राउने विषय भने कांग्रेस मान्य नहुने भन्दै देउवाले राउत र सरकारबीच भएको सम्झौतामा उल्लेखित ‘जनअभिमत’ भन्ने शब्दको विषयमा विस्तृत बुझेर मात्र प्रतिक्रिया दिने देउवाले बताए। 

बेनी,२६ फागुन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। नेपाल प्रेस युनियनले आइतबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।
 
‘राष्ट्र विखण्डन बाहेकका विषयमा वार्ता, सहमति गर्नु राम्रो कुरा हो’, देउवाले भने ‘सरकारको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ।’ देश टुक्राउने विषय भने कांग्रेस मान्य नहुने भन्दै देउवाले राउत र सरकारबीच भएको सम्झौतामा उल्लेखित ‘जनअभिमत’ भन्ने शब्दको विषयमा विस्तृत बुझेर मात्र प्रतिक्रिया दिने देउवाले बताए। 

उनले पार्टीभित्र सहमतिको नाममा धेरै कुर्दा काम गर्न नपाएको दुखेसो पोखे केन्द्रीय कमिटिको चुनाव लड्न वडा स्तरबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्न खोज्दा बिरोध भएको भनी देउवाले असन्तुष्टि जनाए। 

अबको नेतृत्वको विषयमा आफूले केही घोषणा नगरेको तर चुनाव लड्ने सबैलाई अधिकार भएको बताए। नेविसंघका नेताहरुले आफैले बनाएको विधान कार्यान्वयन नगरेकाले विवाद भएको सभापति देउवाले बताए। 
 
 


 

More form the Internet

loading...