Suvadin, Home

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फर्किए

आजदेखि शुरु भएको सम्मेलन मङ्सिर १७ गतेसम्म चल्नेछ। 

काठमाडौँ, १५ मंसिर – एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज स्वदेश फर्केका छन्। 

उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन यही मङ्सिर १३ गते काठमाडौँ आएका थिए। आजदेखि शुरु भएको सम्मेलन मङ्सिर १७ गतेसम्म चल्नेछ। 


 

More form the Internet

loading...