Suvadin, Home

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन बुधबारदेखि

चिनियाँ कम्युनिष्ट पार्टीको १९ अाैं राष्ट्रिय सम्मेलन बुधबार बिहान शुरू हुने भएको छ। उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा शुरू हुने तय भएको हाे।
राष्ट्रिय सम्मेलनकाे तयारी।

बेइजिङ, असोज ३१ – चिनियाँ कम्युनिष्ट पार्टीको १९ अाैं राष्ट्रिय सम्मेलन बुधबार बिहान शुरू हुने भएको छ। उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा शुरू हुने तय भएको हाे।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उक्त सम्मेलनको सबै तयारीहरु पूरा भएको छ। ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ। 

बुधबार बिहान हुने उक्त सम्मेलनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गर्ने भएका छन्। 

उक्त प्रशारणहरु रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेभसाइट र अनलाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ। उक्त कांग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि छानिएका छन्। उनीहरुमध्ये अधिकांश नै बेइजिङ आइपुग्दैछन्। 

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल कांग्रेस हरेक पाँच वर्षमा बस्ने गर्छ। नेशनल कांग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो। यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ। 

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ।


 

More form the Internet

loading...