Suvadin, Home

स्थानीय तहकाे निर्वाचन
उम्मेदवार छनौट गर्न कांग्रेसलाई सकस

स्थानीय तहको निर्वाचनको मिति नजिकै जाँदा प्रमुख सत्तारुढ नेपाली कांग्रेसलाई भने उम्मेदवार छनौटमा सकस परेको छ। आगामी असार १४ गते चारवटा प्रदेशमा चुनाव हँदैछ।
कांग्रेस पार्टी कार्यालय।

काठमाडाैं, जेठ ३०–स्थानीय तहको निर्वाचनको मिति नजिकै जाँदा प्रमुख सत्तारुढ नेपाली कांग्रेसलाई भने उम्मेदवार छनौटमा सकस परेको छ।

आगामी असार १४ गते चारवटा प्रदेशमा चुनाव हँदैछ।

कांग्रेसले  प्रदेश नम्बर २ अन्तर्गका केही स्थानीय तहमा उम्मेदवार छनौट गर्न सकेको छैन। पछिल्लो केही दिनदेखि जारी कांग्रेसको बैठकले अन्य क्षेत्रका स्थानीय तहको उम्मेदवार चयन गरिसकेको छ। 

मंगलबार जारी कांग्रेस बैठकले सम्भवतः प्रदेश नम्बरमा उम्मेदवार चयन गर्नेछ। बैठकमा उम्मेदवार चयनबारे छलफल भइरहेको नेता प्रकाशमान सिंहले जानकारी दिए।

कांग्रेसले १ नम्बर प्रदेशको मोरङ र सोलुखुम्वु बाहेक अन्यमा उम्मेद्वार तय गरिसकेको छ। सोमबारको बैठकमा विराटनगर महानगर सहित मोरङका स्थानीय तहको उम्मेदवारबारे छलफल भएको थियो। 


 

More form the Internet

loading...