Suvadin, Home

आज प्रदेश भेला
प्रदेश नम्बर २ को तयारीमा कांग्रेस

नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका लागि भेला डाँकेको छ।
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं,  साउन–५  नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका लागि भेला डाँकेको छ।

बिहीबार राजधानीको नयाँ बानेश्वरमा हुने प्रदेश नम्बर २ को भेलामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितमा हुने जनाइएको छ।
 
भेलामा प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


 

More form the Internet

loading...