Suvadin, Home

अखण्ड नेपाल पार्टी कांग्रेसमा गाभियाे

नेपाली कांग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताएका छन्। जनताले पत्याएको पार्टीका रुपमा कांग्रेस स्थापित भइसकेको दावी गर्दै उनीहरुले वि.सं. २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोष गरेका हुन्। अखण्ड नेपाल पार्टी समानान्तरको कांग्रेसमा प्रवेश कार्यक्रमलाई पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई–मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिए।
नेपाली कांग्रेसका शीर्ष नेताहरू।

काठमाडौं, वैशाख ९ – नेपाली कांग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताएका छन्। जनताले पत्याएको पार्टीका रुपमा कांग्रेस स्थापित भइसकेको दावी गर्दै उनीहरुले वि.सं. २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोष गरेका हुन्।

अखण्ड नेपाल पार्टी समानान्तरको कांग्रेसमा प्रवेश कार्यक्रमलाई पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई–मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिए।

कांग्रेस केन्द्रीय समितिको वि.सं. २०७२ माघ ११ गते बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आफ्नो पार्टीलाई कांग्रेसमा प्रवेश गर्न दिएको निवेदनलाई अनुमोदन गरेको थियो।

संयोजक पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्यसमितिसहित एक हजारभन्दा बढी पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। सभापति शेरबहादुर देउवाले कांग्रेस जनताको विश्वास जितिसकेको पार्टीको रुपमा स्थापित भएको चर्चा गर्दै विपन्न जनताको आर्थिक एवम् सामाजिक जीवनलाई माथि उठाउन ‘नेकाले जे बोल्छ, त्यो पूरा गर्छ’ भने। 

उनले शान्ति, प्रजातन्त्रका लागि कांग्रेसले सात सालदेखि जनताको अधिकारका लागि अनवरत रुपमा संघर्ष गर्दै आएको र आगामी दिनमा जनताको आर्थिक समृद्धि र उन्नतिका लागि काम गर्ने बताए। 

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक पाण्डेसहित अन्य नेतालाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन्।


 

More form the Internet

loading...