Suvadin, Home

चुनावी सरगर्मी
कांग्रेसबाट काठमाडाैं-६ मा विष्णुभक्त तिमिल्सिना सिफारिश

नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि काठमाडाैं क्षेत्र नम्बर-६ बाट प्रभावशाली नेता विष्णुभक्त तिमिल्सिनालार्इ सिफारिस गरेकाे छ। प्रत्यक्ष तर्फका उम्मेदवार तिमिल्सिनालार्इ पार्टीमा कुशल संगठकका रुपमा हेरिन्छ। प्रष्ट वक्ता एवम् सहयोगी तिमिल्सिना उक्त क्षेत्रमा समाजसेवीका रुपमा स्थापित छन्।
कांग्रेस नेता विष्णुभक्त तिमिल्सिना।

काठमाडाैं, असाेज २२ – नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि काठमाडाैं क्षेत्र नम्बर-६ बाट प्रभावशाली नेता विष्णुभक्त तिमिल्सिनालार्इ सिफारिस गरेकाे छ।

प्रत्यक्ष तर्फका उम्मेदवार तिमिल्सिनालार्इ पार्टीमा कुशल संगठकका रुपमा हेरिन्छ। प्रष्ट वक्ता एवम् सहयोगी तिमिल्सिना उक्त क्षेत्रमा समाजसेवीका रुपमा स्थापित छन्।

तिमिल्सिना विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसमा रहेर निरन्तर राजनीतिक र सामाजिक सेवामा लागिरहेका छन्। जनपक्षीय नेताकाे रुपमा उनलार्इ लिने गरिन्छ।

काठमाडाैं धर्मस्थलीमा जन्मिएका तिमिल्सिना राजनीतिसँगै विकास निर्माणमा पनि उनी सक्रिय छन्। उत्तिकै लगाव र तत्पर रहन्छन्।काठमाडाैं देहाती क्षेत्रकाे उन्नति र प्रगति गराउने सोचका साथ उनी राजनीतिमा लागेका हुन्।

काठमाडाैं क्षेत्र नम्बर-६ का सांगठनिक प्रमुखकाे जिम्मेवारीमा रहेका तिमिल्सिना यसअघि धर्मस्थली इकार्इ कमिटी सभापतिकाे जिम्मेवारी पूरा गरिसकेका छन्। वि.सं. २०७० सालको संविधानसभा चुनावमा कांग्रेसको पक्षमा चुनावी परिणाम ल्याउन उनको ठूलो योगदान थियो।

वि.सं. २०६२/०६३ को जनआन्दोलनका घाइते तिमिल्सिनालार्इ प्रहरीले गिरफ्तार गरेकाे थियाे। तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगै उनी रिहा भएका थिए।

वि.सं. २०४८ देखि विभिन्न कालखण्डमा भएका आन्दोलन र परिवर्तनमा उनी क्रियाशील भएर लाग्दै अाएका छन्। र, बेला-बेलामा पार्टीबाटै सम्मानित पनि भएका छन्।

समाजसेवामै समर्पित रहने उद्देश्य बोकेका तिमिल्सिना सादा सरल र उच्च विचारका धनी हुन्।सबैलार्इ समेट्न सके र सबैको भावनाको कदर गर्न सके मात्रै आफू सफल हुने बताउने तिमिल्सिना वीपी काेइरालाका सच्चा अनुयायी हुन्।

कार्यकर्ता पङ्तिमा लाेकप्रिय तिमिल्सिनाका बारेमा विपक्षी पार्टीका कार्यकर्ताहरु पनि सकारात्मक धारणा राख्ने गर्छन्। प्रायः उनी पार्टी संगठन विस्तार र समाजसेवामै समय दिने गर्छन्। 

विगत १३ वर्षदेखि उच्च रक्तचापपछि ब्रेन हेम्ब्रेज र प्यारालाइसिस भएर थलिएकी जीवन संगिनीकाे सेवामा पनि उनी जुट्ने गरेका छन्। सामाजिक जीवन, राजनीतिक सक्रियता र विकासका कार्यमा सक्रिय तिमिल्सिनाको जीवन संघर्ष अनुशरणीय र अनुकरणीय छ।

यसैबीच, काठमाडाैं-६ बाट नेपाली कांग्रेसले समानुपातिक सिटमा विष्णुमाया तामाङलार्इ प्रतिनिधिसभाका लागि सिफारिश गरेकाे छ। 


 

More form the Internet

loading...