Suvadin, Home

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
कांग्रेसले यी सात जिल्लाका उम्मेदवार टुंग्यायो (नामावलीसहित)

नेपाली कांग्रेसले सात वटा जिल्लाका लागि उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस संसदीय समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो।
नेपाली कांग्रेसका नेताहरु।

काठमाडौं, कात्तिक १–नेपाली कांग्रेसले सात वटा जिल्लाका लागि उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेस संसदीय समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो।

कांग्रेसले ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा प्रदेशसभाका लागि लीलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेन्दाङ ( ख), पाँचथर जिल्लामा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल (ख) लाई छनोट गरेको छ।

त्यसैगरी, सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की ( क)  र आङगेलु शेर्पा (ख), खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क) र विष्णुकुमार राई (ख) छनोट भएका छन्।

मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख) को नाम टुंगो लागेको छ।

हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क) र जीवनबहादुर शाही (ख)  छनोट भएका छन्।

त्यस्तै, जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क) र दीपकजंग शाह (ख) उम्मेदवार छनोट भएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन अागामी मंसीर १०, २१ गतेका लागि तय भएकाे छ।


 

More form the Internet

loading...