Suvadin, Home

कांग्रेस पराजयकाे समिक्षा हुन्छ, केन्द्रीय कार्य समितिकाे बैठक केही दिनभित्रैः प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेश सभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन्। 'कांग्रेस हारकाे समिक्षा हुन्छ, केन्द्रीय कार्य समितिकाे बैठक केही दिनभित्रै बस्छ', उनले भने।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा।

काठमाडौं, ३० पुस – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेश सभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन्। 'कांग्रेस पराजयकाे समिक्षा हुन्छ, केन्द्रीय कार्य समितिकाे बैठक केही दिनभित्रै बस्छ', उनले भने।

काठमाडाैंमा अायाेजित एक कार्यक्रममा शर्माले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताएका हुन्। पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्नेमा शर्माले जाेड दिए।

'हामी बदलिन्छौं, कांग्रेस बदल्छौं' भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्रै नेपाली कांग्रेसकाे रुपान्तरण सम्भव हुने उनले बताएका छन्। केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने उनले स्पष्ट पारेका छन्।

प्रकक्ता शर्माले कांग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट गर्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने बताएका छन्। उनले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने जानकारी दिएका छन्।


 

More form the Internet

loading...