Suvadin, Home

मंसिर १० को चुनावका लागि कांग्रेसबाट को–को उम्मेदवार बने? (नामावलीसहित)

नेपाली कांग्रेले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।  कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  र राप्रपा (प्रजातान्त्रिक) सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले बताए। 
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, कात्तिक ५– नेपाली कांग्रेले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। 

कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  र राप्रपा (प्रजातान्त्रिक) सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले बताए। 

उम्मेदवारको टुंगो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु शुक्रबार बेलुका अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए। 

स्रोतका अनुसार काँग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ। 

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन्। राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा काँग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ। 

राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ। 

प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार 
ताप्लेजुङ – केशव दाहाल
संखुवासभा –दीपक खड्का
भोजपुर –उमेशजंग रायमाझी
खोटाङ –सरस्वती बजिमय
सोलुखुम्बु – बलबहादुर केसी
ओखलढुंगा –रामहरि खतिवडा
सिन्धुपाल्चोक १ –मोहनबहादुर बस्नेत
दोलखा –रुद्र खड्का
रामेछाप –कान्छाराम तामाङ
नुवाकोट १ –डाक्टर रामशरण महत
नुवाकोट २ –अर्जुननरसिंह केसी
धादिङ १ – विश्व अर्याल
धादिङ २ –दिलमान पाख्रिन
लमजुङ –दिलबहादुर घर्ती
मनाङ –टेकबहादुर गुरुङ
म्याग्दी –खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
बाग्लुङ १ – चम्पादेवी खड्का 
बाग्लुङ २ –निरज पुन
रुकुम पूर्व –गोपालजीजङ्ग शाह
रुकुम पश्चिम –वीरबहादुर ओली
रोल्पा –अमरसिंह पुन
जाजरकोट –राजीवविक्रम शाह
कालीकोट –भूपेन्द्रजंग शाही
हुम्ला –मंगल शाही
जुम्ला –देवेन्द्र शाही
मुगु –हस्तबहादुर मल्ल
डोल्पा –अंगद बूढा
बझाङ –पृथ्वीबहादुर सिंह
बाजुरा –कबिराज पण्डित
बैतडी –नरबहादुर चन्द
दार्चुला –विक्रम सिंह 


 

More form the Internet

loading...