Suvadin, Home

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न –
‘मोदी आउँदा आकाश नै खालीः ओलीको उग्र राष्ट्रवादको क्रान्तिकारी छलाङ’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले गरेको ट्वीटमा आकाश नै खाली गराएर के गर्न खोजेको भनी प्रश्न गरेका छन्। ‘सडक खाली गराएर नागरिकलाई दुःख दिइएको विगतका सरकारको उदाहरण भएपनि केपी ओलीका पालामा त आकाश नै पो खाली?’, शर्माले प्रश्न गर्दै ट्वीटमा भनेका छन् – ‘महोदय, यसलाई के भनौं, उग्र राष्ट्रवादको क्रान्तिकारी छलाङ?’
कांग्रेस प्रवक्ता र प्रधानमन्त्री।

काठमाडौं, १४ भदौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सबै हवाई उडान बन्द गराउने निर्णयप्रति विरोध जनाएका छन्। 

साथै शर्माले ओलीको उग्र राष्ट्रवादको क्रान्तिकारी छलाङ यसबाट थप प्रष्ट भएको टिप्पणी पनि गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले गरेको ट्वीटमा आकाश नै खाली गराएर के गर्न खोजेको भनी प्रश्न गरेका छन्। 

‘सडक खाली गराएर नागरिकलाई दुःख दिइएको विगतका सरकारको उदाहरण भएपनि केपी ओलीका पालामा त आकाश नै पो खाली?’, शर्माले प्रश्न गर्दै ट्वीटमा भनेका छन् – ‘महोदय, यसलाई के भनौं, उग्र राष्ट्रवादको क्रान्तिकारी छलाङ?’

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरुको प्रयास बिमस्टेकको चौँथो शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नेपाल आउने क्रममा सुरक्षाको कारण देखाउँदै नागरिक उडड्ययन प्राधिकरणले देशभरको हवाई सेवा बन्द गराएको थियो।


 

More form the Internet

loading...