Suvadin, Home

जनकनन्दिनी गाउँपालिकामा कांग्रेस विजयी

स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अब्दुल वारिक शेख दुई हजार ७१७ मत प्राप्त गरी बिजयी भएका छन्। 
कांग्रेसकाे झण्डा।

जनकपुरधाम, असोज ५ - स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अब्दुल वारिक शेख दुई हजार ७१७ मत प्राप्त गरी बिजयी भएका छन्। 

उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी भए। 

निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गरेका थिए। जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी भएका छन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका श्याम झाले २४० मत प्राप्त गरेका थिए।


 

More form the Internet

loading...