Suvadin, Home

नेपालबाट तराई छुट्याउने अभियानका ‘नाइके’ सीके राउतको जेपी गुप्तासँग ‘विशेष सम्बन्ध’

तराईलाई नेपालबाट अलग गराउने अभियान चलाइरहेका बेला पक्राउ परेका सीके (चन्द्रकान्त) राउत तराईमा भूमिगत रहेर हिंसात्मक गतिविधि गर्ने सशस्त्र समूहका नाइके रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। प्रहरीको विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार भ्रष्टाचार मुद्दामा जेलसजाय भोगेर तराई मधेस राष्ट्रिय अभियानमा लागेका जयप्रकाश गुप्तादेखि सशस्त्र समूहका नाइकेहरूसँग राउतको सम्बन्ध छ। प्रहरी अनुसन्धानबाट खुलेअनुसार राउत सन् २०११ देखि तराई राजनीतिको ‘कि फ्याक्टर’ (मुख्य पक्ष) हुन्। राउतले सशस्त्र समूह र सरकारबीच वार्ताको रणनीति बनाउने, भूमिगत गतिविधि गर्न सिकाउने (प्राविधिक ज्ञान) दिने गरेका छन्। ‘तराईका सबै सशस्त्र समूहलाई भूमिगत राजनीतिको प्राविधिक ज्ञान राउतले दिने गरेका थिए,’ सशस्त्र समूहबारे अनुसन्धान गरेका एक जना प्रहरी अधिकृत भन्छन्, ‘तराईको सुरक्षा चुनौतीको मुख्य मान्छे राउत नै हुन्।’
यो तालिका प्रहरीबाट लिइएको हो। तालिकामा सीके राउत र जेपी गुप्ताको तस्बिर थपिएको हो।

काठमाडाैं, माघ २२ - २०७१ भदौ २८ गते मोरङ सोराभागस्थित सन्थालहरूको एक कार्यक्रममा पुगेका थिए, सीके राउत। झन्डै सयको हाराहारीमा रहेका सन्थालहरूको त्यो कार्यक्रममा राउतले सार्वजनिक अपील गरेका थिए, ‘नेपालबाट तराई अलग गराउन सबै जुटौं।

राउत तराई छुट्याउने अभियानमा हिँडेको सुइँको पाइसकेको उनको पछिपछि दौडिसकेको थियो। त्यही कार्यक्रमबाट फर्किने क्रममा राति साढे ८ बजे राउत सोराभाग गाविस-३ बाट पक्राउ परे।

नेपालबाट तराई छुट्याउने अभियानमै हिँडेका राउतले रंगेलीमा करिब ३०-४० जनालाई डेढ घन्टा प्रशिक्षण पनि दिएका थिए। त्यहाँ सहभागीलार्इ राउतले तराई छुट्याएर अलग्गै स्वतन्त्र देश दिलाउन सहयोग गर्छुभनीकसमखुवाएको प्रहरी बताउँछ।

प्रहरीका अनुसार राउतले तराईका २४ जिल्लामा यसरी गतिविधि गर्दै आएका छन्तराईलार्इ अलग्गै स्वतन्त्र देशबनाउने भन्दै प्रशिक्षण दिइरहेका राउतको गतिविधिले पछिल्लो समय राज्यसञ्चालकहरू नै झस्किसकेका थिए। सुरक्षा अधिकारीका अनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतम दुबैको निर्देशनमा राउतलाई त्यतिबेला पक्राउ गरिएको थियो।

गृह मन्त्रालयको विश्लेषण अनुसार राउतको गतिविधि रोक्न अब पनि अबेर गरिए संघीय संरचनामा गइरहेको मुलुकमा अर्को चुनौती थपिने निश्चित छ। त्यो हो -  छुट्टै राज्य मागको गतिविधि मुलुकमा बढ्नु। अहिले नेपालबाट तराई छुट्याउने अभियान तराईमा तीब्र पारिएको छ, त्यसबेला राउत विशेष अदालतबाट छुटेकाले गतिविधि फेरि बढेको हो,’ एक सुरक्षा अधिकारीले शुभदिनसँग भने।

हेर्नुहोस् सीके राउतको योजना

गृहका एक उच्च अधिकारी भन्छन्, ‘देशमा छुट्टै राज्य माग्दै राउतजस्ता अरु व्यक्तिले पनि अभियान चलाउने मौका पाए भने भोलि संकट निम्तिन सक्छ, अहिले संविधान कार्यान्वयनका चरणमा तराई छुट्याउने अभियान चलेको छ। यसलार्इ बेलैमा रोक्न नसके राज्य विखण्डनकारीहरू सक्रिय रहनेछन्।’  उनका अनुसार प्रधानमन्त्री, गृहमन्त्री तहसम्मले लामो छलफल गरेरै राउतको गतिविधि नसहने निर्णय गरेपछि त्यसबेला उनलाई नियन्त्रण गरियो।

पक्राउ गरेर राज्यविप्लव मुद्दा चलाइएका राउत विशेष अदालतबाट रिहा भए। उनै राउतलाई बिहीबार प्रहरीले राज्यविप्लवकै अभियोगमा जनकपुरबाट समातेको छ। उनलाई सोही मुद्दामा कारबाही चलाउने तयारी रहेको जनकपुर प्रहरीले जनाएको छ।

सीके राउत को हुन्, तराई छुट्याउने अभियानमा उनी को-कोसँग जोडिएका छन्, शुभदिनले खोज्ने प्रयास गरेको छ। 

सीके राउत सबै सशस्त्र समूहका मास्टरमाइन्ड

तराईलाई नेपालबाट अलग गराउने अभियान चलाइरहेका बेला पक्राउ परेका सीके (चन्द्रकान्त) राउत तराईमा भूमिगत रहेर हिंसात्मक गतिविधि गर्ने सशस्त्र समूहका नाइके रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। प्रहरीको विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार भ्रष्टाचार मुद्दामा जेलसजाय भोगेर तराई मधेस राष्ट्रिय अभियानमा लागेका जयप्रकाश गुप्तादेखि सशस्त्र समूहका नाइकेहरूसँग राउतको सम्बन्ध छ।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार राउत सन् २०११ देखि तराई राजनीतिको कि फ्याक्टर’ (मुख्य पक्ष) हुन्। राउतले सशस्त्र समूह र सरकारबीच वार्ताको रणनीति बनाउने, भूमिगत गतिविधि गर्न सिकाउने (प्राविधिक ज्ञान) दिने गरेका छन्। तराईका सबै सशस्त्र समूहलाई भूमिगत राजनीतिको प्राविधिक ज्ञान राउतले दिने गरेका थिए,’ सशस्त्र समूहबारे अनुसन्धान गरेका एक जना प्रहरी अधिकृत भन्छन्, ‘तराईको सुरक्षा चुनौतीको मुख्य मान्छे राउत नै हुन्।

राजन मुक्ति, जयकृष्ण गोइत, ज्वाला सिंहहरूको भूमिगत गतिविधिमा राउतको विशेष सहयोग रहेको प्रहरी अनुसन्धानले औंल्याएको छ। तर, राउतले जहिल्यै पर्दा पछाडि रहेर सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ। सशस्त्र समूहबाट हुने सुरक्षा चुनौतीको पछिल्ला हरेकजसो ब्रिफिङमा सीके राउतको नाम अगाडि आउँछ,’ ती सुरक्षा अधिकृत भन्छन्, ‘तर, यिनले अदालतबाट सफाइ पाएकाले पक्राउ गरेर छोडिहाल्नुको विकल्प प्रहरीसँग थिएन।

स्रोतका अनुसार २०७० मा संविधानसभा निर्वाचनपूर्व पूर्वक्षेत्रीय प्रहरीले तराईमा सशस्त्र समूहबाट निर्वाचनमा हुनसक्ने हिंसात्मक गतिविधिको मुख्य नाइकेको रूपमा राउतलाई प्रस्तुत गरेको थियो। त्यतिबेला पूर्वक्षेत्रमा डिआइजी उपेन्द्रकान्त अर्याल (हालका आईजीपी) थिए।

डा. राउत सप्तरी, महादेवा गाविसका स्थायी बासिन्दा हुन्। क्याम्ब्रियज युनिभर्सिटीबाट पिएचडी गरेका राउत २०६८ सालयता मधेस फर्केका हुन्। त्यसअघि उनी अमेरिकी अन्तरिक्ष संस्था नासामा कार्यरत थिए।

प्रहरीका अनुसार उनलाई भूमिगत सशस्त्र संगठन ज्वाला सिंह र गोइतसमेतको सहयोग छ। जयप्रकाश गुप्ता जेलमुक्त भएपछि तरार्इ-मधेस जागरण अभियान सुरू गरेका थिए। त्यो अभियान अस्तित्वमा आएसँगै डा. राउतले मधेस टुक्र्याउने अभियान लिएर तराईमा गतिविधि गरिरहेको दाबी प्रहरीको छ।

राउत पहिले सप्तरी महादेवा गाविस ८ बस्थे। अहिले राजविराज-१ स्थित राजदेवी टोल बस्छन्। जेपी गुप्ता जेलमुक्त भएपछि राउतको गतिविधि सतहमा आएको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीको गोप्य अनुसन्धानअनुसार सशस्त्र समूहभन्दा अग्रपंक्तिमा राउतको सम्बन्ध गुप्तासँगै छ। प्रहरीको आन्तरिक बैठकमा राउतलाई अग्रभागमा राखेर त्यसपछि गुप्ता अनि सशस्त्र समूहका नाइकेलाई प्रस्तुत गरिएको छ।

गुप्तापछि राउतको सम्बन्ध सप्तरी धनपुरीका प्रफुल्ल बहरखेरसँग देखिएको छ। प्रफुल्ल अहिले राजनप्रताप नामको समूहमा रहेर तराईमा हिंसात्मक गतिविधि गर्छन्। राउतसँग सम्बन्ध रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्तिका नाइके राजन मुक्ति हाल कारागार छन्। अखिल तराई मुक्ति मोर्चा गोइत समूहका नाइके जयकृष्ण गोइत अहिले भारत पटनामा रहेको प्रहरीको दाबी छ। जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंहका नाइके नागेन्द्र पासवान अहिले भारत बिहारमा छन्।

यिनीहरूलाई प्रहरीले प्राथमिकतामा राखेर खोजी गरिरहेको छ। तराईमा सशस्त्र गतिविधि सुरूमा जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा थालिएको हो। राजन मुक्ति सुरूका नाइके थिए। मुक्तिको नेतृत्वमा गोइत, पासवा, प्रफुल्ल सबै एकैठाउँ थिए। पछि छिन्नभिन्न भएर यिनीहरूले अलग-अलग समूह बनार्इ हिंसात्मक गतिविधि गर्न थालेका हुन्।

राउत सबै समूहलाई एक ठाउँमा ल्याएर तराईमा विद्रोह गराउन सक्रिय थिए,’ प्रहरी स्रोतले भन्यो, ‘सशस्त्र समूहसँग वार्ताको रणनीति बनाउने, भूमिगत राजनीति गर्दा सुरक्षा संरचनाबाट कसरी बच्नेलगायत सबै प्राविधिक ज्ञान सीके राउतले दिने गर्थे।’ 

राउत पक्राउ परेपछि जयपकाश गुप्ताले उनको गतिविधिमा बिमतिजनाएका थिए। तर, राउतसँगै जोडिएर गुप्ताले तराईमा अभियान गरिरहेको प्रहरीले तथ्य सार्वजनिक गरेको छ। राउतको यो गतिविधि र कनेक्सनबारे तत्कालीन पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले भनेका थिए, ‘सीके राउत तराईका सशस्त्र समूहदेखि राजनीतिक दलसम्मलाई संयोजन गरेर नयाँ फोर्स बनाउन सक्रिय थिए।

के-के छन् सीके राउतका योजना?

डा. राउतबाट प्राप्त केही दस्तावेजले उनी राज्यविरूद्व छन् भन्ने प्रमाणलाई मद्दत पुर्‍याउँछ। उनले तराईमा अभियान चलाउँदा बाँड्ने गरेको १८४ पृष्ठ लामो किताबअनुसार ८-१२ वर्षसम्ममा तराई अलग गराई तराईमा नेपाली साम्राज्य अन्त्य गर्ने योजना छ।

यो योजनाअनुसार तराईमा छुट्टै प्रशासनिक संरचना स्थापित गर्ने, मानवशक्ति, भौतिक पूर्वाधार तयार गर्ने, युवा दस्ता स्थापना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने, प्रहरी संरचना बनाउने, कूटनीतिक समर्थन हासिल गर्नेलगायत छन्।

संगठन तयार भएपछि तराईमा असहयोग आन्दोलन, नाकाबन्दी, सत्याग्रह, सिपाही विद्रोह, सैनिक विद्रोह, धार्मिक नैतिक क्रान्ति, सडक आन्दोलन, सिमाना बन्द, अत्यावश्यक वस्तुमा नाकाबन्दी गर्नेसम्मका योजना छन्। मधेस स्वराज नाममा छापिएको यो किताबको ५९ पेजमा लेखिएको छ, -१२ वर्षभित्र तराई जसरी पनि टुक्र्याउनुपर्छ, छुट्टै संरचना, मानव शक्ति र भौतिक पूर्वाधार तयार गर्नुपर्छ।

मधेसका सबै वर्गलाई सम्झाउने, विचार र प्रचारप्रसार तीब्र बनाउने र त्यसका लागि सञ्चारक्षेत्रको प्रयोग गर्ने पनि योजनामा उल्लेख छ। उक्त योजनामा स्वतन्त्र मधेसको छुट्टै राष्ट्रगान पनि राउतले प्रस्ताव गरेका छन्। राउतलाई तराईमा मधेस एक प्रदेशअभियान चलाउने मधेसवादी दलको समेत साथ रहेको विश्लेषण अधिकारीहरूको छ।

एमाले नेता तथा पूर्वमन्त्री यदुवंश झा राउत पछिल्लो समय भड्किएको मधेसलाई अलग गराउन झनै सक्रिय भएका थिए। मधेसवादी दलका मागमा जोडिएर राउतको सक्रियता हुने गरेको उनी बताउँछन्। 

सीके राउतलाई अहिले उपयुक्त समयमा पक्राउ गरिएको उनी बताउँछन्। जनकपुरकै स्थानीय बासिन्दा झा राउतका गतिविधि नियन्त्रण गर्न नसकिए तराई विखण्डन गर्ने शक्तिहरू मौलाउने सम्भावना बढेर गएको छ। 

‘देशलाई बिखण्डनको दिशातर्फ लाने अशुभ संकेत राउतबाट भएका छन्,’ मधेस राजनीतिका जानकारसमेत रहेका झा भन्छन्, ‘सीके राउतको जगजगीमा मलजल गर्नेहरू मधेसवादी दल, प्रधानमन्त्री पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरू हुन्।


 

More form the Internet

loading...