Suvadin, Home

Cover Image

अाउला त फैसला?
भरतपुर मतगणना प्रकरण र चूडामणिको सुनुवाइ अाज

चितवनको भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज सुनुवाई हुँदैछ। यसैगरी,  आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दाको सुनुवाई पनि अाइतबार हुँदैछ। शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैका लागि आइतबारका लागि राखेको थियाे।  
सर्वाेच्च अदालत।

काठमाडाैं, साउन १५–चितवनको भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज सुनुवाई हुँदैछ।

रिट निवेदन न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। र, यो रिटमा आइतबार बहस हुने सर्वोच्च अदालतले जनाएको छ। 

रिट दायर भएको दुई महिना पुग्न लागेको छ। तर, अहिलेसम्म फैसला नहुँदा भरतपुर महानगरपालिकाले जनप्रतिनिधि पाउन सकेको छैन। 

मतगणना भइरहँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि यसबारेमा सर्वोच्चमा रिट परेपछि मतदान गर्ने कि नगर्ने भन्ने अझै टुंगो लाग्न सक्दा अन्योल बढेको हो।

निर्वाचन आयोगको कानुनको दफा ५१ (ग) ले च्यातिएको मतपत्रलाई बदर हुने व्यवस्था गरेकाले सोहीअनुसार च्यातिएका ९० मतलाई बदर गर्नुपर्ने तर्क उनीहरुले प्रस्तुत गरेका थिए । यसअघि यही साउन २ गतेको इजलासले आजका लागि सुनुवाइ सारेको थियो । भरतपुर मतगणनासम्बन्धी विवाद आजसम्म आइपुग्दा छैटौँ पटक सुनुवाइ भएको हो। 

यसअघि गत असार २६ गते सुनुवाइका लागि इजलास तोकिए पनि सुनुवाइ हुन नसकी साउन २ का लागि तोकिएको थियो। त्यसअघि असार २३ गते न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ शुरु भए पनि नभ्याएर असार २६ गते पेसी तोकिएको थियो। 

त्यसअघि तत्कालीन कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । सोहीअनुसार अदालतमा च्यातिएका मतपत्रसहित अरू कागजपत्र असार १३ गते अदालतमा पेश गरिएको थियो।  १३ गते पनि बहस नसकिएपछि अाइतबारका लागि पेशी सारिएकाे हाे।

यसैगरी,  आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दाको सुनुवाई पनि अाइतबार हुँदैछ। शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैका लागि आइतबारका लागि राखेको थियाे।  

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि आइतबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । 

 


 

More form the Internet

loading...