Suvadin, Home

दुबै पक्षलाई छलफलका लागि बोलावट
भरतपुरमा तत्काल मतदान नगराउनू : सर्वाेच्च अदालत

निर्वाचन आयोगको निर्णय तीन दिन सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय ६ दिनसम्मका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले दुबै पक्षलाई छफलका लागि बोलाएको छ। अदालतले दुबै पक्षलार्इ जेठ २८ गतेका लागि बाेलाएकाे हाे।
सर्वाेच्च अदालत।

काठमाडाैं, जेठ २२–निर्वाचन आयोगको निर्णय तीन दिन सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय ६ दिनसम्मका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्चले सोमबार सुनुवाई गर्दै ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ आदेश जारी गरेको हो। 

न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले दुबै पक्षलाई छफलका लागि बोलाएको छ। अदालतले दुबै पक्षलार्इ जेठ २८ गतेका लागि बाेलाएकाे हाे।

भरतपुर—१९ मा मतपत्र च्यातिएको घटनाको छानबिन पश्चात निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्ण गरेको थियो। तर, एमालेका भरतपुर १९  का  वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिट दायर गरेका थिए।  

रिट निवेदकले च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरेका थिए।सर्वाेच्चले परमादेश जारी नगरेपनि प्रक्रिया तीन दिनका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको हो।

भरतपुरको मतगणना विवादमा निर्वाचन आयोगको गत शनिबार भरतपुर १९ को मतदान अबैध घोषित गरी नयाँ निर्वाचनको मिति घोषणा गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । 


   


 

More form the Internet

loading...