Suvadin, Home

चार उत्कृष्ट न्यायाधीश सम्मानित

सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेल र डडेलधुराका न्यायाधीश चन्द्रमणि ज्ञवाली छन्। 

काठमाडौं, ३ पुस – न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दोसल्ला ओढाइ उत्कृष्ट छनोट भएका न्यायाधीशलाई सम्मान गरे।

सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेल र डडेलधुराका न्यायाधीश चन्द्रमणि ज्ञवाली छन्।

सो अवसरमा प्रधानन्यायाधीश मिश्रले न्याय परिषद् बुलेटिनको विमोचन गरेका थिए।

समारोहमा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का पदाधिकारी, मुख्य रजिष्ट्रार, मुख्य न्यायाधीश, न्यायाधीश, सचिव र नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसी तथा पदाधिकारीको उपस्थिति थियो।  


 

More form the Internet

loading...