Suvadin, Home

एमाले र माओवादी केन्द्र आन्तरिक छलफल गर्दै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट शनिबार फर्केपछि दुई अध्यक्षबीच छलफल हुने एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिएका छन्।
प्रचण्ड र केपी शर्मा अाेली।

काठमाडौं, २१ पुस – नेकपा एमाले  र नेकपा माओवादी केन्द्र शुक्रबार आन्तरिक छलफल गर्दै छन्। पार्टी एकताका विषयमा आन्तरिक छलफल गर्ने बताइएकाे छ। शुक्रबार आन्तरिक छलफल पछि शनिबार दुई अध्यक्षबीच छलफल हुने नेताहरुले जानकारी दिएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट शनिबार फर्केपछि दुई अध्यक्षबीच छलफल हुने एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिएका छन्।

पार्टी एकता र राजनीतिक वस्तुस्थितिबारे अन्तरसंवाद भइरहेको र एकतामा कुनै समस्या नरहेको पौडेलको दावी छ। बिहीबार दुवै अध्यक्षबीच लामो टेलिफोन संवाद भएको उनले जानकारी दिएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार दिउँसो काठमाडौं फर्किने कार्यतालिका रहेको छ। एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भए दुवै नेताबीच अध्यक्ष प्रचण्ड फर्केलगत्तै भेटवार्ता हुनेछ।


 

More form the Internet

loading...