Suvadin, Home

वाम गठबन्धन संयुक्त कार्यदलकाे बैठकमा सिट बाँड्फाँडकाे विषयमा छलफल, पार्टी एकता अन्तिम चरणमा

राष्ट्रिय सभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित कार्यदलले सिट बाँडफाँटका मुख्य ४ आधार तय गरेका छन्। बैठकमा कार्यदलका केही सदस्यहरु काठमाडौं बाहिर र अस्वस्थ रहेकाले विस्तृत छलफल हुन सकेन। 
फायल तस्वीर।

काठमाडौं, २८ पुस – शुक्रबार एमाले र माओवादी केन्द्रकाे कार्यदलकाे सिंहदरबारमा बैठक बसेकाे छ। एमाले नेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल थालेको हो।

राष्ट्रिय सभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित कार्यदलले सिट बाँडफाँटका मुख्य ४ आधार तय गरेका छन्। बैठकमा कार्यदलका केही सदस्यहरु काठमाडौं बाहिर र अस्वस्थ रहेकाले विस्तृत छलफल हुन सकेन। 

अाजकाे प्रारम्भिक छलफलमा राष्ट्रिय सभाको सिट बाँडफाँट र प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश संसदका सभामुख पद बाँड्फाँडकाे विषयमा छलफल भएकाे छ।

कार्यदलमा एमाले र माओवादीका तीन-तीन जना नेता रहेका छन्। उनीहरूलार्इ राष्ट्रिय सभा र प्रदेश सरकारको सिट बाँडफाँडकाे जिम्मेवारी दिइएको छ।

कार्यदलको संयोजन गरिरहेका एमाले नेता सुवास नेम्वाङले भने –‘स्थानीय तह र प्रदेश सभा चुनावको नतिजालाई आधार बनाइने छ। सोही शक्तिका आधारमा पार्टी एकताको भावना प्रतिकुल नहुने गरि सिट बाँडफाँट गरिनेछ। हामी एउटै पार्टी हुँदैछौं भन्ने भावना अनुसार सिटको बाँडफाँड गर्छौं।’

नेम्वाङले राष्टिय सभा निर्वाचनको उम्मेदवार दर्ता गर्ने मिति माघ १० रहेकाले त्यस अघि नै सिट बाँडफाँट टुंगो लगाउने बताएका छन्।

राष्ट्रिय सभाका ५६ सिटमा वामपन्थी गठबन्धनले साझा उम्मेदवार उठाउनेछ र समग्रमा ६०–४० अनुपातमा सिट बाँडफाँट हुने सम्भावना देखिएककाे छ।

यद्यपि प्रदेशमा एमाले र माओवादीका कति मतदाता छन् भन्ने विषयलार्इ मध्यनजर गरिनेछ। यो कार्यदलले नै भावी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ।

नेम्वाङले मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि चारवटा आधारलाई मुख्य मानिने जनाएका छन्। ६ वटा प्रदेशका मुख्यमन्त्रीमध्ये चारवटा एमालेले र दुईवटा माओवादीले पाउने सम्भावना छ। प्रदेशका सभामुखको बाँडफाँट पनि सोही अनुसार हुनेछ।

मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिइनेछ। समावेशीता र सन्तुलनलाई ध्यान दिँदै प्रदेश-१ बाट राईरलिम्बु, प्रदेश ३ मा नेवाररतामाङ, ४ मा गुरुङ उम्मेदवारलाई प्राथमिकता दिने गरी सिट बाँडफाँट हुनेछ।

मुख्यमन्त्रीका सम्भावित उम्मेदवार मध्य प्रदेश-१ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङ रहेका छन्। प्रदेश-५ मा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भइसकेको छ।

प्रदेश-६ मा खसआर्य समुदायकै मुख्यमन्त्री हुनेछन्। माओवादीबाट मुख्यमन्त्रीका लागि महेन्द्रवहादुर शाही र नरेश भण्डारी मुख्य दाबेदार हुन्। प्रदेश-६ नम्बर मा एमालेको बहुमत रहेकाले एमालेले पनि सम्भावना प्रवल छ।

एमालेबाट मुख्यमन्त्रीमा प्रकाश ज्वाला र यमलाल कँडेल दाबेदार छन्। यो प्रदेशमा माओवादीले मुख्यमन्त्री पाएमा सभामुख सहित महत्वपूर्ण मन्त्रालयहरु एमालेले पाउने गरि छलफल अघि बढाइएको छ।

प्रदेश-७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने सम्भावना छ। थारु समुदायका वीरमान चौधरी र माओवादीकै झपट बोहोराले मुख्यमन्त्रीमा दाबी गरेका छन्।


 

More form the Internet

loading...