Suvadin, Home

वाम गठबन्धन कार्यदलकाे पहिलो बैठक शुक्रबार सम्पन्न

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाकालगायतका विषयमा सामान्य छलफल मात्र भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन्।
फायल तस्वीर।

काठमाडौं,२८ पुस –  वाम गठबन्धनको संयुक्त कार्यदलको पहिलो बैठक शुक्रबार बसेको छ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाकालगायतका विषयमा सामान्य छलफल मात्र भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन्। 

कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डे र शंकर पोख्रेल तथा माओवादी नेता वर्षमान पुन उपस्थित हुन नसकेपछि शुक्रबार थप छलफल अघि नबढेको उनले बताएका छन्। बिहीबार आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेपछि कार्यदलको पहिलो बैठक शुक्रबार बसेको हो।

कार्यदलले सहमति जुटाएका विषय एकता संयोजन समितिमा वुझाउने छ। पार्टी एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको दावी गर्दै आएको वाम गठबन्धनले नयाँ सरकार गठनअघि नै पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउने तयारी गरेको छ।

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव, प्रदेश सभा गठन र प्रदेश सरकार निर्माणको लागि कार्यदल गठन गरेको हो।


 

More form the Internet

loading...