Suvadin, Home

एमाले–माओवादी एकता कार्यदलले आजदेखि काम शुरु गर्दै

विधान र संगठनात्मक कार्यदलले संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी संचालनका आधारभूत विषय टुंगो लगाउने छ। यस्तै राजनीतिक कार्यादलले एकिकृत पार्टीको अन्तरिम विधान तय गर्नेछ।

काठमाडौं, फागुन ९ –  एमाले र माओवादी केन्द्रले पार्टी एकिकरणको लागि गठन गरेको २ वटा कार्यदलले बुधबादेखि काम थाल्ने भएका छन्। पार्टी एकिकरणको लागि ७ बुँदे सहमती भएसँगै गठन भएको राजनीतिक कार्यदल तथा विधान र संगठनात्मक कार्यदलले बुधबारदेखि काम गर्न लागेको हो।

विधान र संगठनात्मक कार्यदलले संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी संचालनका आधारभूत विषय टुंगो लगाउने छ। यस्तै राजनीतिक कार्यादलले एकिकृत पार्टीको अन्तरिम विधान तय गर्नेछ।

राजनीतिक कार्यदलमा एमालेका माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त छन्। यस्तै माओवादीका नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल र देवेन्द्र पौडेल सहभागी छन्।

यसैगरी विधान र संगठनात्मक कार्यदलमा एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीका रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव छन्। 

कार्यदलले चाँडै प्रतिवेदन तयार गरेर बुझाउने बताइएको भए पनि यसको सीमा तोकिएको छैन।


 

More form the Internet

loading...