Suvadin, Home

निर्वाचन सारिए लोकतन्त्रमाथि खतराः एमाले 

नेकपा एमालेले तोकिएकै मितिमा प्रदेश र प्रतिनिधिसभाको चुनाव हुनुपर्नेमा जोड दिएको छ। एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो।
एमालेकाे पार्टी कार्यालय।

काठमाडौं, असोज २४ – नेकपा एमालेले  तोकिएकै  मितिमा प्रदेश र प्रतिनिधिसभाको चुनाव हुनुपर्नेमा जोड  दिएको छ। एमालेको  मंगलबार बसेको स्थायी समिति बैठकले  निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो।

‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो। सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु  आचारसंहिता र कानून विपरितको काम हो’  बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम राववले भने, ‘यो काम सरकारबाट नहोस्।’

उनले एमालेसहितको माओवादी र नयाँ शक्तिबीचको बाम गठबन्धन चुनावको तयारीमा जुटिसकेको  भन्दै  मिति दायाँबायाँ पार्ने कार्य नगर्न सरकारलाई चेतावनी दिए।

बैठकले  बाम गठबन्धनबीच भएको  सहमतिअनुसार छिट्टै सिटहरुको बाँडफाँड गर्ने   निर्णय गरेको छ।  यस्तै  असोज   २७ र २८ गते बस्ने स्थायी समिति बैठकले  एमालेका सबै समानुपातिकका उम्मेदवारको नाम  टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने निर्णय पनि बैठकले गरेको छ।

यस्तै बाम गठबन्धनको एकताका साथै चुनावी माहोल तताउन देश र प्रवासमा अभियान चलाउने निर्णय समेत बैठकले गरेको छ। यसैबीच एमाले बैठकले नयाँ वानेश्वरमा सोमबार निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको हत्या भएको प्रति दुःख व्यक्त गरेको छ।  


 

More form the Internet

loading...