Suvadin, Home

कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भीर नभएको नेता नेपालकाे आरोप

एमाले नेता माधवकुमार नेपाल।

काठमाडौं, असोज ३१ – प्रमुख प्रतिपक्षी दल एमाले नेता माधवकुमार नेपालले नेपाली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भीर नभएको आरोप लगाएका छन्।

मंगलवार पार्टी मुख्यालय धुम्बाराहीमा ‘आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै नेता नेपालले आवश्यक्ता र पार्टी हितमै माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको बताए।

मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउन समेत नेपालले आग्रह गरे।पूर्वप्रधानमन्त्री समेत नेता नेपालले कांग्रेसका पछिल्ला गतिविधिप्रति सर्तक रहनुपर्ने भन्दै नेता नेपालले निर्वाचन नगर्न सरकारमा नयाँ गठबन्धन बनिरहेको बताए।

उनले सर्वदलीय सरकार गठन गर्न प्रयास गर्नुपर्ने बेलामा माओवादीका मन्त्री हटाउन दवाव दिएर कांग्रेस र प्रधानमन्त्रीले लोकतन्त्रको खिल्ली उडाएको बताए। 


 

More form the Internet

loading...