Suvadin, Home

दुर्इ वाम दलबीच एकताकाे प्रयास
एमाले-माअाेवादी एकताः पाँच बजे साझा धारणा सार्वजनिक गर्ने

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको समझदारी जुटेको छ। ललितपुरको मानभवनस्थित एक घरमा दुवै दलका शीर्ष नेताबीच भएको छलफलपछि पार्टी एकीकरणका विषयमा समझदारी जुटेको हो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली।

काठमाडौं, असोज १७ – नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको समझदारी जुटेको छ। ललितपुरको मानभवनस्थित एक घरमा दुवै दलका शीर्ष नेताबीच भएको छलफलपछि पार्टी एकीकरणका विषयमा समझदारी जुटेको हो।

मंगलबार नै आगामी निर्वाचनमा एक साथ भएर जाने समेत सहमति भएको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शुभदिनलाई भने,‘पार्टी एकीकरणको सम्बन्धमा शीर्षतहमा समझदारी जुटेको छ।

साँझ ५ बजे एकीकरणका लागि दुवै पार्टीका तर्फबाट वार्ता समिति सार्वजनिक हुनेछ।’ दुवै पार्टीको चुनावी कार्यगत एकता घोषणा सभा मंगलवार साँझ ५ बजे राष्ट्रियसभा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने भएको छ।

घोषणा सभाअघि पार्टी एकताको अन्तिम प्रयासस्वरुप दुवै पार्टीका शीर्ष नेताहरु गोप्य छलफलमा जुटेका थिए। आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० र ४० को भागवण्डासहित एकसाथ जाने विषयमा भएको ७ बुँदे सहमतिमा दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेका छन्।  
 


 

More form the Internet

loading...