Suvadin, Home

Cover Image

महरालाई पक्राउ गर्न अदालतको आदेश

यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्‍च स्रोतले बताएको छ । 

काठमाडौं । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्‍च स्रोतले बताएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी दिए । 

मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को परिच्छेद २ पक्राउ पूर्जी र हिरासतमा राख्ने अनुमति सम्बन्धी व्यवस्था अन्तर्गत अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति दिनुपर्ने प्रावधान छ । ऐनको दफा ९ को उपदफा ९२ बमोजिम अनुसन्धान अधिकारी वा प्रहरी कार्यालय वा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले कुनै व्यक्तिका नाउँमा पक्राउ पूर्जी जारी गर्ने अनुमतिका लागि अदालतसमक्ष अनुसूची १ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने उल्लेख छ ।

महरााविरुद्ध शुक्रबार जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको थियो । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन् ।


 

More form the Internet

loading...