Suvadin, Home

चुनावबारे धारणा बनाउने
दाङमा विप्लव माओवादीको ‘गोप्य भेला’

दाङको चखौरामा विप्लव माओवादीको गोप्य भेला भइरहेको छ। स्थानीय तह चुनावको सरगर्मी सुरु भइरहेको बेला माओवादीको यस्तो गोप्य भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ। सुरक्षा निकाय चनाखो भएर घटना परिदृश्य नियालिरहेको छ।
नेत्रविक्रम चन्द।

तुलसीपुर, चैत २२– दाङको चखौरामा विप्लव माओवादीको गोप्य भेला भइरहेको छ। स्थानीय तह चुनावको सरगर्मी सुरु भइरहेको बेला माओवादीको यस्तो गोप्य भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ। सुरक्षा निकाय चनाखो भएर घटना परिदृश्य नियालिरहेको छ।

पार्टी संयोजक नेत्रविक्रम चन्द (विप्लव), प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लगायत स्थायी कमिटीका सम्पूर्ण पदाधिकारीको सहभागिता रहेको यो भेलाले महत्वपूर्ण निर्णयहरु पारित गर्ने र ती निर्णयहरुले अबको दिशा तय गर्ने नाम उल्लेख नगर्ने सर्तमा एक नेताले बताएका छन्।

‘आन्तरिक प्रशिक्षणका लागि गोप्य भेला आयोजना गरिएको छ,’ उनले भने, ‘त्यसमा ३१ वैशाखका लागि सरकारले तय गरेको स्थानीय तह निर्वाचनका बारेमा गम्भीर छलफल हुनेछ।’ निर्वाचनका बारेमा पार्टीको आन्तरिक रणनीति तय गर्न भेला डाकिएको ती नेताले बताए।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हालसम्म पनि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको छै। यो निर्वाचनलाई रणनीतिक रुपमा उपयोग गर्ने कि पूरै बहिस्कार गरेर अगाडि बस्ने भन्ने बारेमा गम्भीर छलफल हुने स्रोतको दाबी छ।

तुलसीरदेखि झन्डै अाठ किलोमिटर पश्चिम क्षेत्रमा पर्ने चखौरामा विप्लवको गोप्य भेला भइरहेको जानकारी स्थानीय प्रहरी प्रशासनलाई पनि छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले चखौरामा विप्लवसहितका शीर्ष नेताको सहभागितामा छलफल सुरु भएको जानकारी प्राप्त भएको बताए। 


 

More form the Internet

loading...