Suvadin, Home

कांग्रेसमा विवाद चुलियो, बैठक बहिष्कार

संस्थापनइतर समूहका नेताहरूले अनुसाशन समिति र निर्वाचन समिति गठन गर्दा सहमतिको आधारमा गर्न माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरूले बैठक बहिष्कार गरेका हुन्।

काठमाडौं, १४ फागुन – नेपाली कांग्रेसमा बहुमतले विधान परित गरेको विषयलाई लिएर असन्तुष्ट बनेको समूहले मंगलबार बोलाइएको बैठक बहिष्कार गरेको छ। सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै बैठक बहिष्कार गरेका हुन्। 

संस्थापनइतर समूहका नेताहरूले अनुसाशन समिति र निर्वाचन समिति गठन गर्दा सहमतिको आधारमा गर्न माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन्।

बिहान ११ बजे बैठक बोलाइएको थियो। तर अहिलेसम्म बैठक बस्न सकेको छैन। ‘अनुशासन समिति र निर्वाचन समितिचाहिँ सर्वसम्मत रूपमा पारित गर्नुपर्छ भन्ने हो’, नेता अर्जुनरसिंह केसीले भने, ‘तर उहाँहरू तयार हुनुभएन। त्यो भए जे गर्नुछ गर्नुहोस् हामी बैठकमा सहभागी हुँदैनौँ भनेर बैठकमा गएनौँ।’

फरक मत राख्नेहरुमा वरिष्ठ नेता पौडेलसहित कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र प्रसाद बडु, चन्द्र भण्डारी, नविन्द्रराज जोशी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत छन्।

असन्तुष्ट समूहको बहिष्कारपछि बैठक नै स्थगित भएको छ। 


 

More form the Internet

loading...