Suvadin, Home

Cover Image

आइजिपी को हुने? फैसला भोलि 

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिको अन्तिम फैसला मंगलबार सुनाउने भएको छ। सोमबारै आउने अपेक्षा गरिए पनि फैसला लेख्न समय लाग्ने भएकाले सर्वोच्चले मंगलबारलाई सारेको हो। 
नवराज सिलवाल र जयबहादुर चन्द।

काठमाडौं, चैत ७ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिको अन्तिम फैसला मंगलबार सुनाउने भएको छ। सोमबारै आउने अपेक्षा गरिए पनि फैसला लेख्न समय लाग्ने भएकाले सर्वोच्चले मंगलबारलाई सारेको हो। 

मंगलबार ११ बजेसम्ममा फैसला आइसक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई फागुन १ गते प्रहरी महानिरीक्षक नियुक्ति निर्णय गरेको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले चन्दविरूद्ध परेको निवेदनउपर अन्तिम सुनुवाइ सोमबार सकिएको हो। 

चन्दको बढुवाअगावै परेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले तीनपटकसम्म निर्णय कार्यान्वयन नगराउन आदेश गरेको थियो। 

आइतबारबाट प्रधानन्यायाधीश कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले यो मुद्दा हेरिरहेको छ। 

प्रहरी महानिरीक्षक नियुक्ति कानुनसम्मत नभएको भन्दै अधिवक्ता कपिलदेव ढकालले निवेदन दिएका थिए। त्यसैगरी, चन्दको नियुक्ति बदर गरी आफूलाई महानिरीक्षक बनाइपाऊँ भन्दै डिआइजी नवराज सिलवालले निवेदन दिएका थिए। 

बढुवामा वरियता क्रममा पहिलो नम्बरमा डिआइजी सिलवाल थिए। दोस्रो नम्बरमा रहेका प्रकाश अर्यालसमेतलाई छोडेर सरकारले तेस्रो वरियताका चन्दलाई नियुक्ति गरेको थियो। 

आइतबार निवेदकतर्फबाट बहस सकिएको थियो। सोमबार दुई सरकारी वकिलले प्रतिरक्षा बहस गरे। तर, विपक्षी कानुन व्यवसायीले प्रतिरक्षा बहस गरेनन्। चन्दको पक्षमा वकालतनामा हालेका कानुन व्यवसायीले बहस गरेनन्।    

तेस्रो वरियतामा रहेका चन्दलाई महानिरीक्षक बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिलाई दबाब दिएका थिए। देउवा दबाबका कारण पहिलो नम्बरमा रहेका सिलवाल, दोस्रो नम्बरमा रहेका प्रकाश अर्याल दुबैलाई छोडेर सरकारले तेस्रो वरियताका चन्दलाई नियुक्त गरेपछि नियुक्ति विवादमा आएको हो। 

एसएसपीबाट डिआइजी हुँदा कार्यसम्पादन मूल्यांकनमा चन्दभन्दा अब्बल रहेको आधारमा सिलवाल पहिलो र अर्याल दोस्रो नम्बरमा बढुवा भएका थिए।

यो पनि हेर्नुहोस्

महान्यायाधीवक्ताले डिआइजी जयबहादुर चन्दको प्रतिरक्षा नगर्ने 

शंकाको घेरामा ‘अपरेसन स्युडो’
डिआइजी जयबहादुर चन्दलाई १६ करोड ‘बार्गेनिङ’ अभियोग

‘१६ करोड बार्गेनिङ’मा डिआइजी जयबहादुर चन्दको पोल खुल्दै 

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार

जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’

प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’

डिआइजी चन्द ‘बिचौलिया’ लिएर देउवा कुटीमा

डिआइजी चन्दले फेसबुकमा लेखे, ‘भुस्याहा कुकुरहरू भुक्ने दिन सकिने बेला आउँदै’

प्रधानन्यायाधीशको निगरानीमा डिआइजी ‘जयबहादुर चन्दका प्रहरी’

प्रतिमा लेख्छिन्, ‘चन्दको पूरा जीवन सेटिङमा’
फेसबुक र ट्वीटरमा शेरबहादुर देउवा र जयबहादुर चन्दको खेदो


 

More form the Internet

loading...