Suvadin, Home

हारको जिम्मेवारी लिँदै १३ जना कांग्रेस नेताले दिए राजीनामा, राहुल पनि राजिनामा दिने 

एजेन्सी । हालै सम्पन्‍न लोकसभा निर्वाचनमा पराजित भएसँगै भारतीय कांग्रेसमा राजिनामाको लहर चलेको छ ।

कैयौँ राज्यका वरिष्ठ नेताहरुले लोकसभा चुनावमा हारको जिम्मेवारी लिँदै पार्टी अध्यक्ष राहुल गान्धी समक्ष राजीनामा बुझाएका छन् । हालसम्म विभिन्न राज्यका १३ जना वरिष्ठ नेताहरुले पार्टी अध्यक्ष राहुल गान्धीसमक्ष राजीनामा बुझाइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

निर्वाचनमा हारको जिम्मेवारी लिँदै कांग्रेसका पञ्जाब अध्यक्ष सुनिल जाखड, झारखण्ड अध्यक्ष अजय कुमार र असामका अध्यक्ष रिपुन बोरा लगायतका वरिष्ठ नेताहरुले राजिनामा दिएका छन् ।

यस्तै भारतीय सञ्चार माध्यमहरुले राहुल गान्धी पार्टी अध्यक्ष पदबाट राजिनामा दिने कुरामा अडिक रहेको जनाएका छन् । उनले लोकसभा निर्वाचनमा हारको जिम्मेवारी लिँदै अध्यक्षको जिम्मेवारीबाट बाहिरिने अडान लिएका हुन् ।

साथै राहुल गान्धीले पार्टीका वरिष्ठ नेताहरुलाई अध्यक्षको उपयुक्त उम्मेदवार चयन गर्न सुझाव दिएको बताइएको छ । यसैबिच राहुललाई राजीनामा नदिनको लागि मनाउन कांग्रेस महासचिव प्रियंका गान्धीसहित अहमद पटेल, सचिन पायलट, राजस्थानका मुख्यमन्त्री अशोक गहलोत लगायतका वरिष्ठ नेताहरु मंगलबार उनलाई भेट्न उनको निवास पुगेका छन् ।

राहुल गान्धीले मंगलबार साँझ पार्टीका नेताहरुको बैठकसमेत बोलाएको बताइएको छ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा कांग्रेसले केवल ५२ सिटमा मात्रै जित हात पारेको छ। उक्त हारसँगै कांग्रेसमा हलचल पैदाभएको छ।


 

More form the Internet

loading...